BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
भक्तपुर नगरपालिका समाचार समाज

टौमढीमा आगलागी: आगो निभाउनेलाई सांसदको प्रशंसापत्र

भक्तपुर, ११ चैत । जिल्ला प्रशासन कार्यालयको आयोजना एवम् सुरक्षा निकाय तथा सरोकारवालाहरुको संयुक्त सहकार्यमा शुक्रबार भक्तपुरको टौमढीमा आगलागीसम्बन्धी कृत्रिम घटना अभ्यास कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा नेमकिपाका सचिव एवम् संघीय सांसद प्रेम सुवालले आगलागी सम्बन्धी भएको कृत्रिम घटना अभ्यास कार्यक्रम सबै नागरिकहरुको लागि आवश्यक भएको बताए ।

विपद्का अभ्यास कार्यक्रमहरु स्थानीय तहसँग समन्वय गरी टोल–टोलमा जनचेतनामूलक कार्यक्रमहरु आयोजना गर्नुपर्नेमा जोड दिए । सांसद सुवालले विपद्बाट हुनसक्ने सम्भावित मानवीय क्षति तथा धनसम्पत्ति हानी नोक्सानी कम गर्न विपद्को पूर्वतयारीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

कार्यक्रममा गृह मन्त्रालयका उपसचिव उमाकान्त आचार्यले नेपालमा वर्षेनि विभिन्न प्राकृतिक तथागैरप्राकृतिक विपद्का घटनाहरु नियमित घट्ने हुँदा ठूलो मात्रामा जनधनको क्षति हुन नदिन यस्ता कृत्रिम घटना अभ्यास कार्यक्रमको आवश्यकता रहेको बताए ।

भक्तपुर जिल्लाका प्रजिअ रुद्रादेवी शर्माको सभापतित्वमा भएको सो कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विपद् न्युनीकरणसम्बन्धी अभ्यास कार्यक्रम निकै उपलब्धीमूलक हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी, आर.एन. ए १६, रेडक्रसलगायतको टोलीले आगालागी नियन्त्रणबारे कृत्रिम घटना अभ्यास प्रस्तुत गरेका थिए भने उनीहरुलाई सांसद सुवालले भक्तपुरमा जिल्लामा आइपर्ने विपद् तथा प्राकृतिक प्रकोपहरुको प्रतिकार्य तथा पूर्वतयारी निम्ति संयुक्त विपद् प्रतिकार्य तथा आगलागी नियन्त्रण अभ्यास सफलतापूर्वक सञ्चालन गरेकोमा प्रशंसापत्र पनि वितरण गरेका थिए ।

थप ख़बर

मेयरको दौडमा आफू नरहेको मेयर मिश्रको प्रष्टोक्त्ति : पदका लागि रुने, कराउने रेसमा छैन

भक्तपुर टाइम्स

सूर्यविनायकमा नेकपा ( एस) ले नेपाली काँग्रेसलाई सघाउने

भक्तपुर टाइम्स

शिक्षक सेवा आयाेग परीक्षा तयारी गरिरहेका शिक्षककाे माग : संघीय शिक्षा ऐन तत्काल जारी गर

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy