BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
मध्यपुर थिमि नगरपालिका समाचार समाज

बिलबिनै सामान बेच्ने भक्तपुरका हार्डवेयरमा छापा

भक्तपुर, ९ चैत । भक्तपुरका विभिन्न ठाउँमा सञ्चालनमा रहेका हार्डवेयरहरुले बिलबिना नै सामानहरु बेच्ने गरेको पाइएको छ । हार्डवेयर व्यवसायीहरुले अत्यधिक नाफाका लागि बिलबिनाका सामान बेच्ने गरेको पाइएको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भक्तपुरका विभिन्न ठाउँका हार्डवेयरको अनुगमनका क्रममा हार्डवेयर व्यवसायीहरुबाट सो किसिमको बदमासी हुँदै आइरहेको जनाएको छ ।

मन्त्रालयले भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको निकोशेरास्थित दुई हार्डवेयरमा अनुगमन गर्दा बिल विना नै सामानहरु बेच्ने गरेको पाइएको मन्त्रालयका निरीक्षण अधिकृत अजयकुमार देवकोटाले बताए ।

उनले निकोशेराको जय माँ तारा ट्रेडिङ र शेरा ट्रेडर्सले घर निर्माणका लागि आवश्यक छड, पाइप, एंगललगायतका सामानहरु बिल बिना नै बेच्ने गरेको जानकारी दिँदै सो किसिमले उपभोक्तालाई ठगिरहेको बताए ।

ती हार्डवेयरहरुले सो किसिमले कारोबार गरिरहेको उजुरीको आधारमा ती हार्डवेयरमा अनुगमन(छापा) मारेको मन्त्रालयले जनाएको छ । अनुगमनका क्रममा ती दुई हार्डवेयरले बदमासी गरिरहेको पाइएपछि उनीहरुलाई कारबाही गरिएको मन्त्रालयले जनाएको छ ।

ती दुई हार्डवेयरले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड(घ) बमोजिम कसुर गरेको जनाउँदै निरीक्षण अधिकृत देवकोटाले सोही ऐनको दफा ३९ को उपदफा १ को खण्ड (क) बमोजिम कारबाही गरेको बताए ।

ती दुई हार्डवेयर सञ्चालकलाई मन्त्रालयले २० हजार रुपैयाँ जरिबानासहित चेतावनी गरिएको छ ।

 

थप ख़बर

चार फोटो जसले देखाउँछ चाँगुमा भइरहेको माटो दोहनको शृङ्खला

भक्तपुर टाइम्स

भक्तपुरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

भक्तपुर टाइम्स

अवैध खानीका कारण भासियाे भक्तपुर- काठमाडौं जाेड्ने पुल

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy