भक्तपुर, ८ चैत ।नेपाल सरकारले उपत्यकाभित्र ट्रिपरलाई राति ९ बजेपछि मात्र गुड्न दिने बनाएको नियमको कारण काभ्रेदेखि भक्तपुरसम्म लस्कर लाग्ने गरेको छ ।
काभ्रेको विभिन्न ठाउँबाट बालुवा, ढुंगालगायतका सामान बोकेर उपत्यका छिर्ने क्रममा अरनिको राजमार्गअन्तर्गत पाँचखालदेखि भक्तपुरको जगातिसम्म ट्रिपरै ट्रिपर हुने गरेका छन् ।
प्राय ट्रिपरहरु रातभर चल्ने गर्दछन् । त्यो समयमा चलेका ट्रिपरहरु तीब्र गतिमा र प्रतिस्पर्धामा चल्ने गरेका छन् । कतिपय ट्रिपरले चर्को हर्न बजाउँदा सडक छेउछाउका स्थानीय सुत्न सकेका छैनन् । त्यसको असर टाढाटाढासम्म पुग्ने गरेको छ ।
हेर्नुस् के हुन्छ ? भिडियोमा : https://www.youtube.com/watch?v=VTX7uALvTEs