BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
भक्तपुर नगरपालिका राजनीति समाचार समाज

लान्चा फल्चा उद्घाटनमा अध्यक्ष बिजुक्छेँले भने, ‘जनतालाई धोखा दिने नेतालाई चुनावमा हराउनुपर्छ’

भक्तपुर, १ चैत्र । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नपा वडा नं १० स्थित लान्चा फल्चा मंगलबार रिबन काटेर र शिलापत्र अनावरण गरी उद्घाटन गरेका छन् ।

सांसद विकास कोषको बजेटबाट पुनःनिर्माण गरिएको उक्त फल्चाको उद्घाटन कार्यक्रममा अध्यक्ष बिजुक्छेँले लामो समयदेखि लोप हुने अवस्थामा रहेको ऐतिहासिक रुपले पनि महत्वपूर्ण लान्चा फल्चा संरक्षण कार्य प्रशंसनीय भएको बताए ।

भक्तपुरको सन्तुलित विकास र यहाँका जनताहरुको जीवनस्तर उकास्न भक्तपुरको उत्तरतर्फ भक्तपुर—काठमाडौं जोड्ने सडक निर्माण गर्नुुपर्नेमा जोड दिँदै उनले शासक दलका नेताहरुले राजनीतिलाई पैसा कमाउने थलोको रुपमा लिँदा देश झन् गरिब हुँदै गएको र भ्रष्टाचार बढिरहेको बताए ।

चुनावबाट जितेर आएका शासक दलका नेताहरुमा काठमाडौं उपत्यकाको कुनै विकास योजना नभएको भन्दै अध्यक्ष बिजुक्छेँले जनतालाई धोखा दिने शासक दलका नेताहरुलाई चुनावमा जिताउन नहुने बताए ।

कार्यक्रममा नेमकिपाका सचिव एवम् प्रतिनिधिसभाका सांसद प्रेम सुवालले फल्चा पुनःनिर्माणसँगै यसको नियमित रुपमा मर्मत सम्भार र सरसफाईमा समेत ध्यान दिनुपर्ने आवश्यकता औंल्याउँदै सम्पदा पुनःनिर्माणमा ठेकेदारलाई भन्दा उपभोक्ता समितिमार्फत नै गराउनुपर्नेमा जोड दिए ।

विकासमा स्थानीय विकास पूवाधार कार्यक्रमका बजेट भक्तपुर नगरपालिकामा भन्दा भक्तपुर जिल्लाका अन्य नगरपालिकाहरुमा खर्च गर्दै आइरहेको उनले जानकारी दिए ।

भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले समाजबाट आफूले धेरै सिक्ने अवसर पाएको बताइन् । पूर्व वडाध्यक्ष चन्द्रबहादुर उलकले लान्चा फल्चाको हालको रुवरुप मौलिक स्वरुपभन्दा फरक रहेको उल्लेख गर्नुहुँदै पाटीपौवा निर्माण हाम्रो संस्कृति र संस्कार भएको र भक्तपुर नपाले गरिरहेको सम्पदा संरक्षण कार्य प्रशंसनीय भएको बताए ।

भक्तपुर नपा वडा नं। १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाले भक्तपुरमा रहेका ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेका फल्चाहरुको महत्वमाथि प्रकाश पार्दै भक्तपुर नपा वडा नं १० मा मात्रै ५४ वटा फल्चा रहेकोमा ४ वटा पुनःनिर्माण सम्पन्न भइसकेको र १ वटा पुनःनिर्माणकै क्रममा रहेको बताए ।

कार्यक्रममा लान्चा फल्चा पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्णनारायण दुमरु, सचिव महाविर अमात्यले पनि बोलेका थिए । कोषाध्यक्ष विष्णुप्रसाद तिमिल्सनाले फल्चा पुनःनिर्माणको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै उक्त कार्यमा ९४ जना स्थानीय जनताबाट जनश्रमदान जुटेको बताए ।

थप ख़बर

दुवाकाेटमा बाेरिङ खन्दा निस्कयाे ग्यास, बल्न थाल्याे यसरी

भक्तपुर टाइम्स

एमाले नेता मिश्रद्वारा ख्वप विश्वविद्यालय ऐनका लागि आवश्यक प्रबन्ध गर्न माग

भक्तपुर टाइम्स

भक्तपुरमा बेरुजू: कुन नगरपालिका कुन स्थानमा?

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy