BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
खेलकुद भक्तपुर समाचार समाज

चैत ९ देखि भक्तपुरमा राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता

भक्तपुर, ३० फागुन । ब्याडमिन्टन खेलको विकासका लागि वि.सं.२०६८ सालमा आधिकारिक रुप पाएको भक्तपुर जिल्ला ब्याडमिन्टन संघले राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता २०७८ (चैत ९ गतेदेखि १२ गतेसम्म) गर्ने भएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा खेलाडीहरुले आफ्नो प्रतिभा र कला प्रदर्शनको अवसर सिर्जना गर्न तथा ब्याडमिन्टन खेलप्रति नयाँ पुस्ताको आर्कषण बढाउन भक्तपुरको लिवालिस्थित कभर्ड हलमा हुने सो करिब २ सयदेखि २२० जना खेलाडीहरुको सहभागिता रहने अनुमान आयोजले गरेको छ । स्पर्धामा देशभरका ७७ वटै जिल्ला र ७ वटै प्रदेशबाट सहभागिता रहने छ ।

नेपाल ब्याडमिन्टन संघ र ब्याडमिन्टन वल्र्ड फेडेरेशनको नियम अनुसार सञ्चालन हुने प्रतियोगितामा पन्ध्र वर्ष मुनि (पुरुष), पन्ध वर्ष मुनि (महिला), पुरुष एकल, महिला एकल, भेट्रान डबल, पुरुष डबल गरी ६ वटा इभेन्टहरुमा खेल सञ्चालन हुने आयोजक संघका अध्यक्ष राजेन्द्र प्रजापतिले बताए ।

स्पर्धामा सहभागी हुनका लागि पन्ध्र वर्ष मुनि (पुरुष–महिला), पुरुष एकल, महिला एकलका लागि दर्ता शुल्क रु १ हजार भेट्रान डबल र पुरुष डबलका लागि दर्ता शुल्क रु.१ हजार ५ सय निर्धारण गरिएको प्रतियोगिता संयोजक नवीन प्रजापतिले बताए ।

स्पर्धामा उत्कृष्ट भएका खेलाडी, टीम, रेफ्रीका लागि नगद पुरस्कारसहित विधागत रुपमा मेडल, शिल्डको बन्दोबस्त गरिएको आयोजकको भनाइ छ ।

प्रतियोगिता अवधिभर कूल १६ लाख ८६ हजार ५ सय रुपैयाँ खर्च हुने अनुमान आयोजक समितिको रहेको छ ।

थप ख़बर

सूर्यविनायकमा एमाले र काँग्रेसबीच प्रतिस्पर्धा : कसले जित्ला मेयर?

भक्तपुर टाइम्स

खोई झौखेलको कमलपोखरी ?

भक्तपुर टाइम्स

नक्कली थ्रीएम मास्कसहित ४ जना पक्राउ

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy