BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
चाँगुनारायण नगरपालिका भक्तपुर समाचार समाज

सुडालका ४५ जना बढी नेपाली कांग्रेस प्रवेश

भक्तपुर, २८ फागुन । चाँगुनारायण नगरपालिका वडा नंं.८ मा विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा ४५ जनाभन्दा बढी प्रवेश गरेका छन् ।

साविक सुडाल गा.वि.स. वडा नंं. ८ मा नेपाली कांग्रेसको टोल समिति अधिवेशन कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ४५ जनाभन्दा बढी नेपाली कांग्रेस प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापा र बागमती प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री कृष्णलाल भँडेलले टिका लगाई खाँदासहित सदस्यता प्रदान गरेका थिए ।

प्रवेश गर्नेहरुमा आर्यन नेपाल, रुद्र गिरी, रुपेश गिरी, कुवेर काफ्ले, शसिद सुनुवार, सविन सुनुवार, गमला पुरी, मदन पुरी, प्रतिक्षा पुरी लगायत ४७ जना रहेका छन् । टोल समिति अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दे नेपाली कांग्रेस भक्तपुर जिल्ला जिल्ला सभापति दुर्लभ थापाले आउँदौ बैशाख ३० मा हुन गइरहेको स्थानीय निर्वाचनमा पार्टीलाई विजय गराउन सबै मिलेर लाग्नुपर्ने बताए ।

जिल्लाभर भइरहेको टोल समिति अधिवेशन उत्साहजनक रुपमा अगाडि बढिरहेको र अन्य पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गर्नेको लहर बढेकोले भक्तपुरमा नेपाली कांग्रेसको संगठन बलियो बन्दै गएको सभापति थापाले बताए ।

बागमती प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री कृष्णलाल भँडेलले चुनावमा आफूले उठाएका विषयहरु सम्बोधनका लागि अग्रसर रहेको बताउँदै कांगेस्रले जे बोल्छ, त्यो गर्छको नीति लिएको उल्लेख गरे । देशलाई अप्ठेरो परेको अवस्थामा निकास दिने पार्टी नेपाली कांग्रेस भएकोले आगामी स्थानीय, प्रदेश र संघीय निर्वाचनमा कांग्रेसलाई विजयी गराउन नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं.१ का क्षेत्रीय सभापति जीवन खत्रीले आग्रह गरे ।

साविक सुडाल वडा नं. ८ बाट नेपाली कांग्रेसको २०४९ को वडाअध्यक्षका उम्मेदवार भरथ प्रसाद नेपालको अध्यक्षतामा आयोजित टोल समिति अधिवेशनले रेणुका नेपालको सभापतित्वमा २७ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको छ । साविक सुडाल गा.वि.स.को ४ नं. वडा वाहेक अन्य वडाहरुमा सर्वसहमत रुपमा टोल समिति गठन सम्पन्न भएको चाँगुनारायण नगरपालिका वडा नं. ८ का सभापति तिर्थराज घोरसाइनेले बताए ।

चाँगुनारायण नगरपालिका वडा नं. ८ का नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार जनक खत्रीले सञ्चालन गरको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सहसचिव यादव अधिकारी, सदस्य कल्पना लामिछाने, महासमिति सदस्यहरु हरिप्रसाद नेपाल, राजाराम खडका, महाधिवेशन प्रतिनिधि रविता कार्की, बागमती प्रदेश सदस्य गणेश फूयाँल, प्रदेश महाधिवेशन प्रतिनिधि संगीता दुलाल, नेपाली कांग्रेस प्रदेश (क) सचिव रोशन तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो ।

थप ख़बर

कमलबिनायकबाट हराइन् ४८ वर्षे महिला !

भक्तपुर टाइम्स

ख्वप अस्पतालको लागि आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउने प्रतिबद्धता : प्रदेश स्वास्थ्य मन्त्री निमा लामा

भक्तपुर टाइम्स

नगरकाेट भ्रमण वर्ष २०८२ का लागि संयुक्त डेलिगेशन

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy