BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
भक्तपुर नगरपालिका राजनीति शिक्षा समाचार

उत्तर कोरियाको सिद्धान्त लागू गर्नुपर्ने: नेमकिपा

भक्तपुर, २८ फागुन । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं नेपाल प्राध्यापक समाजका केन्द्रीय अध्यक्ष सरोजराज गोसाईले उत्तर कोरियाली नेता किम इल सुङको सिद्धान्तलाई नेपालमा पनि लागू गर्नुपर्ने बताएका छन् ।

उनले शिक्षासम्बन्धी नेता सुङको शिक्षासम्बन्धी सिद्धान्त नेपालले लागू गरे देशको सार्वभौमिकता र स्वतन्त्रतामा आँच नपुग्ने भएकाले सो सिद्धान्त लागू गर्नुपर्नेमा जोड दिए ।

नेपाल प्राध्यापक समाज वागीश्वरी इकाई समितिको आयोजनामा शनिबार भएको प्राध्यापक भेलाको क्रममा उनले शिक्षा सम्बन्धी अहिलेको अवस्थाबारे चर्चा गर्दै अहिलेको शिक्षण सिकाइ ज्ञान र सिपमा आधारित हुनुपर्ने र त्यसको सही उपयोग गर्न प्राध्यापकहरुले अध्ययन अनुसन्धानलाई क्रियाशिल बनाउनुपर्नेमा जोड दिएका थिए ।

उनले देशभक्त र सर्वहारा अन्तर्राष्ट्रियवादको सिद्धान्तलाई अंगिकार गरी विश्वका कुनै पनि देशमा भएका दमन, शोषण र अन्याय अत्याचारविरुद्ध लाग्न विद्यार्थीहरुलाई उत्प्रेरित गर्नुपर्ने स्पष्ट पारे।

भेलाबाट प्राध्यापक ग्याहेन्द्र प्रसाद दाहाललाई सर्वसम्मत चयन गरेको छ । चैत्र २६ गते हुने नेपाल प्राध्यापक समाजको दोस्रो राष्ट्रिय सम्मेलनको सन्दर्भमा आयोजित उक्त भेलाबाट दाहालको संयोजकत्वमा १५ सदस्यीय वागीश्वरी इकाई समितिको पुनःगठन भएको हो ।

नेपाल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले वागीश्वरीको प्रगति हेर्न नचाहेका केही सामाजिक तत्वहरुका कारण वागीश्वरी प्रगतितर्फ जान नरोक्ने जिकीर गरे ।

नेपाल प्राध्यापक समाजका केन्द्रीय सदस्य एवं प्र.अ. कृष्णप्रसाद धन्छाले समाज परिवर्तनका लागि प्राध्यापकहरुले राष्ट्रिय अन्तर्राष्ट्रिय विचार निर्माण गर्नुपर्ने बताए । अर्का केन्द्रीय सदस्य एवं कलेजका प्राचार्य धनकुमार श्रेष्ठले विश्वविद्यालयका परिवर्तित विभिन्न नीति नियमले पढ्न चाहेका विषयमा भर्ना हुन नपाएको हुँदा समयमै ती विषयमा विद्यार्थीहरुलाई सचेत पार्नुपर्ने बताए ।

केन्द्रीय कोषाध्यक्ष सुशिला कर्माचार्यले देशको जल्दोबल्दो राजनीतिक अवश्थालाई दृष्टिगत गरी यस वागीश्वरीबाट एमसीसी सम्झौता विरुद्ध निरन्तर आन्दोलनमा सरिक भएको बताउँदै उनले समाजको सकारात्मक परिवर्तनका लागि शिक्षक प्राध्यापक नै अग्रसर हुनुपर्ने बताइन् ।

पुनर्गठित समितिको सचिवमा भानुभक्त हुमागाई, कोषाध्यक्षमा सुशिला कर्माचार्य, सदस्यहरुमा उकेश सुवाल, इन्द्र बहादुर खुलिमुली, शिव बहादुर खुलिमुली, निरु ताल्चाभडेल, नवीन प्रजापति, रविन्द्र किवानायो, राजन फेलु, अमर दली श्रेष्ठ, सुन्दर राजचल, नारायणदेवी दुवाल, बब्लुकुमार राउत, जगनाथ खतिवडा रहेका छन् ।

थप ख़बर

ज्येष्ठ नागिरककाे ल्याब परीक्षण नि: शुल्क गर्दै ताथली

भक्तपुर टाइम्स

च्याम्हासिंहमा भएको दुर्घटनामा एकको मृत्यु

भक्तपुर टाइम्स

नगरकाेट सडक पीडितहरू आन्दाेलित

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy