BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
भक्तपुर शिक्षा समाचार सुर्यविनायक नगरपालिका

भक्तपुरमा प्रिस्कुल स्तरोन्नति कार्यक्रम सुरु

भक्तपुर, २६ फागुन । विद्यालय शिक्षाको जगको रुपमा रहेको पूर्व प्राथमिक तह अर्थात् प्रिस्कुललाई प्रभावकारी, बालमैत्री र सिकाईमैत्री बनाउन नेशनल प्याब्सन भक्तपुरले कार्यक्रमको थालनी गरेको छ ।

नेशनल प्याब्सन भक्तपुरले आफ्ना सदस्य विद्यालयहरुको पूर्व प्राथमिक तह अर्थात प्रिस्कुल लेभल सुदृढ गर्ने उद्देश्यले ‘पूर्व प्राथमिक तह स्तरोन्नति २०७८’ कार्यक्रमको सुरुवात गरेको हो ।

आगामी २०७८ चैत्रबाट सदस्य विद्यालयरुमा सुरु गरिने उक्त कार्यक्रमबारे आज सूर्यविनायकको पलाँसेस्थित काठमाडौं फन भ्यालीमा आयोजना गरिएको अन्तरक्रियामा जानकारी दिइएको हो ।

त्यसका लागि नेशनल प्याब्सन भक्तपुर र फिनिक्स मन्टेश्वरी तालिम सेन्टर कुमारीपाटीबीच सहकार्य गर्ने सहमति भएको छ । सहमतिसँगै विद्यालयलाई मजबुत बनाउन फिनिक्स मन्टेश्वरीले शिक्षकहरुलाई तालिम दिने, अभिभावक शिक्षा सञ्चालन गर्ने र आवश्यक शैक्षिक परामर्श समेत दिने भएको छ ।

अन्तरक्रियामा नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले मन्टेश्वरीको बोर्ड र प्ले स्टेसन हुँदैमा राम्रो इसिडी तथा प्लेस्कुल नुहने भएकाले निरन्तर तालिम र शिक्षकहरुलाई पूनर्ताजगी प्रदान गरी शैक्षिक प्रवरद्र्धनका लागि फिनिक्स मन्टेश्वरीसँग सहकार्य गरिएको बताए ।

पूर्व प्राथमिक तहलाई बलियो बनाउने उपाय खोज्न र शिक्षालाई गुणस्तरीय बनाउन आयोजित अन्तरक्रियामा फिनिक्स मन्टेश्वरीकी संचालिका एवं प्रशिक्षकद्वय रीता घिमिरे तिमिल्सिना र रीता आचार्यले पूर्व प्राथमिक तहलाई स्तरोन्नति गर्नु आवश्यक रहेको बताउँदै सो तहमा रहेका विभिन्न समस्या पत्ता लगाएर समाधान गर्न सकेमात्र शिक्षाको जग बलियो हुनेमा जोड दिइन् ।

विभिन्न विद्यालय सञ्चालक तथा प्रिन्सिपलहरुले राखेको जिज्ञासको समाधान गर्दै उनीहरुले पूर्व प्राथमिक तहमा आएका नवीनतम् अभ्यास र आयामका सन्दर्भमा चर्चा गरेका थिए। प्रशिक्षकद्वयले बालबालिकालाई केन्द्रमा राखेर पठनपाठन गराउनु नै इसिडी, मन्टेश्वरी र ईसिईसिलगायतका विधि विकास भएको चर्चा गर्दै अभिभावक शिक्षालाई विद्यालयले जोड दिनुपर्ने आवश्यकता औंल्याइन् । उनीहरूले सिकाइका लागि क्रियाकलापमुखी शिक्षण विधि जरुरी रहेकाले विद्यालयको वातावरण र आवश्यकता अनुसार आफूहरुले सघाउने समेत बताइन्।

थप ख़बर

ताथलीमा सात विद्यालयको संयुक्त क्याम्प सुरु

भक्तपुर टाइम्स

तीन दिने तथ्याङ्क विश्लेषण तालिम सम्पन्न

भक्तपुर टाइम्स

भक्तपुरमा तीज विशेष नृत्य प्रतियोगिता सम्पन्न

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy