भक्तपुर २६, फागुन । भक्तपुर नागपोखरी बस्दै आएकी २८ वर्षकी जेनिशा नगरकोटीको घाँटी रेटी हत्या गरेको अभियोगमा दुई जना पक्रउा परेका छन् ।
उनीहरुलाई प्रहरीले बिहिबार सार्वजनिक गरेको छ। पक्राउ पर्नेहरुमा भक्तपुर नगरपालिका वडा नं १०थालाछें बस्ने ४४ वर्षिय रमेश भन्ने कुमार लामा र भक्तपुर नगरपालिका वडा नं ८ महेश्वरी बस्ने ३८ वर्षीय नवराज रिजाल छन्। तिनीहरुमध्ये लामा काभ्रेपलाञ्चोक, नमोबुद्ध नगरपालिका वडा नं २ भकुण्डेवेशीका हुन् भने रिजाल काभ्रेपलाञ्चोक, भुम्लु गाउँपालिका वडा नं ४ चौवासका स्थायीबासी हुन् ।
काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं ९ नवलडाँडा स्थायी घर भएका नगरकोटीको शव चाँगुनारायण नगरपालिका वडा नं ७ बागेश्वरीको तरकारी बारीमा रहेको टिनको टहरामा परालले छोपी राखेको अवस्थामा सोमबार फेला परेको थियो।
प्रहरीका अनुसार हत्याको कारण लागूऔषध दुर्व्यसनी र शारीरिक सम्बन्ध भएको खुलेको छ । जेनिशा र कुमार एउटै घरमा डेरा गरी बस्ने छिमेकी समेत रहेको खुल्न आएको प्रहरीले जनाएको छ । जेनिशा केही महिनादेखि श्रीमानसँग टाढिएर बस्दै आएको र कुमारसँग नजिकिएको अनुसन्धानका क्रममा खुल्न आएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु पाण्डेले बताए ।
श्रीमानसँग टाढिएका जेनिशा र कुमारको सम्बन्ध बढ्दै गएर शारीरिक सम्बन्ध समेत हुँदैं आएको थियो। कुमार र नवराज साथी भएका कारण कुमारको कोठामा आउँदा जाँदा जेनिशासँग चिनजान भएको र सोही क्रममा जेनिशा र नवराजबीच पनि सम्बन्ध बढ्दै गएको अनुसन्धानमा खुलेको प्रनाउ पाण्डेले बताए ।
लागूऔषधका दुर्व्यसनी समेत रहेकी जेनिशा, कुमार र नवराजबीच गत फागुन २१ गते राती शारीरिक सम्बन्धको विषयमा विवाद हुँदा जेनिशाको घाँटी रेटी छातीमा समेत चक्कुले रोपेर हत्या गरेको अनुसन्धानमा खुल्न आएको छ ।