भक्तपुर, २५ फागुन । नेपाल क्षयरोग निवारण संस्था भक्तपुरले क्षयरोगको परियोजनाबारे अभिमुखीकरण गरेको छ । संस्थाले राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको साझेदारी कार्यक्रमको रुपमा रहेको ‘परियोजना’ बारे एकदिने अभिमूखिकरणू कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यक्रममा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका उपसचिव मुक्ति खनाल, नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रीय सदस्य महेन्द्रगोपाल कर्माचार्य, जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत कृष्णबहादुर मिजारलगायतले क्षयरोगको अवस्थाबारेमा जानकारी दिँदै क्षयमुक्त समाज निर्माणको आवश्यकतामा जोड दिए ।
कार्यक्रममा भक्तपुृर प्याब्सनका कोषाध्यक्ष एनके श्रेष्ठ, उद्योग वाणिज्य सङ्घका प्रतिनीधिलगायत विविध सङ्घ संस्थाका प्रतिनिधिहरुले धारणा राखेका थिए ।
सभापती पुष्प तिमिलाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक राम सिख्व, कार्यक्रम प्रस्तुतिकरण उपसभापती सुरेश प्रधानले गरेका थिए भने कार्यक्रम सञ्चालन विजय कर्माचार्यले गरेका थिए ।