BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
चाँगुनारायण नगरपालिका भक्तपुर नगरपालिका शिक्षा समाचार

एनप्याब्सनमा डेढ/डेढ वर्ष अध्यक्षको कार्यकाल चलाउने सहमति, भक्तपुरका ढुकुछु सहकोषाध्यक्ष, खड्का भए केन्द्रीय सदस्य

भक्तपुर, २४ फागुन । नेशनल प्याब्सनको सातौं महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनले डेढ वर्ष एकजना अध्यक्षले र अर्को डेढ वर्ष अर्को अध्यक्षले कार्यकाल चलाउने गरी अध्यक्ष चुनिएका छन् ।
महाधिवेशनमा दुई व्यक्तिले उम्मेदवारी दिएपछि सो विधि अपनाइएको हो ।

विधिअनुसार पहिलो डेढ वर्षका लागि पाण्डव हमाल अध्यक्ष भएका छन् भने दोस्रो डेढ वर्षका लागि सुवास न्यौपाने अध्यक्ष भएका छन् । सो विधि अवलम्बन गरेसँगै महाविधेशनले सर्वसम्मत नेतृत्व चयन गरेको जनाएको छ ।

सो विधिबाट चयन गरिएको समितिको महासचिवमा पारस खड्का चुनिएका छन् । नयाँ कार्यसमितिमा भक्तपुरबाट पनि प्रतिनीधित्व रहेको छ । भक्तपुरबाट विक्रम धुकुछु सहकोषाध्यक्षमा चुनिएका छन् भने केन्द्रीय सदस्यमा जिवी खड्का चुनिएका छन् ।

प्रदेश अन्तर्गत बागमती प्रदेशको उपाध्यक्षमा पुण्यराम कवां र सदस्यमा साधुराम गैंडा चयन भएका छन् ।

थप ख़बर

बाल दिवस २०८१ मा रमाए साइनिङ स्कूलका विद्यार्थी

भक्तपुर टाइम्स

भक्तपुरका दुईजनाबाट ३० लाख ठगी गर्ने काठमाडौंका विकास पक्राउ

भक्तपुर टाइम्स

नेपाललाई नाटोको सदस्य बनाउँदै अमेरिका: बिजुक्छेँ

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy