BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
भक्तपुर नगरपालिका राजनीति समाचार समाज

विकास निर्माणका सबै काममा उपभोक्ता मोडललाई प्राथमिकता : मेयर प्रजापति

भक्तपुर, २४ फागुन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विकास निर्माणका सबै कामहरुमा उपभोक्ता मोडललाई प्राथमिकता दिँदै आएको बताएका छन् ।

देशको खरबौं बजेट सीमित ठेकेदारहरुको हातमा पुग्नु गलत भएको बताउँदै उनले भक्तपुर नगरपालिकाले उपभोक्ताहरुमार्फत् विकास निर्माणको काम गर्दै आइरहेको बताएका हुन् ।

भक्तपुर नपा वडा नं. १ सल्लाघारीस्थित मुपुज्व गणेश मन्दिर उद्घाटन र शिलापत्र अनावरण गर्दै नगरप्रमुख प्रजापतिले मुपुज्व टोल सुधारको पहल, भक्तपुर नपा र स्थानीय जनताको आर्थिक तथा भौतिक सहयोगमा गणेश मन्दिर पुनःनिर्माण भएको खुशी व्यक्त गर्दै पुनःनिर्माण तथा जीर्णोद्धार भएका सांस्कृतिक एवम् ऐतिहासिक सम्पदाको निरन्तर संरक्षण र मर्मत सम्भार गर्नुपर्ने आवश्यकता औंल्याए ।

निर्वाचित जनप्रतिनिधिहरु इमानदार भए देश र समाज निर्माणमा टेवा पुग्ने बताउँदै उनले जनताको साथ र सहयोगले भक्तपुरको चौतर्फी विकास निर्माणमा मद्दत पुगेको बताए ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले भक्तपुरको सल्लाघारीमा अवस्थित रानीपोखरी सर्वसाधारणको निम्ति खुल्ला भएको, भाजुपोखरी पुनःनिर्माण कार्य अन्तिम चरणमा रहेको र नःपली सिर्जना नगरको इसानेश्वर मन्दिर मौलिक शैलीमै निर्माण गर्ने तयारीमा जुटेको बताए ।

इतिहासविद् डा पुरुषोत्तमलोचन श्रेष्ठले भक्तपुरका सांस्कृतिक एवम् पुरातात्विक सम्पदाहरु जीर्णोद्धार र पुनःनिर्माणमा भक्तपुर नपासँग सहकार्य गरी काम गर्ने अवसर मिलेकोमा गौरवान्वित महसुस भएको बताउँदै भक्तपुरको सांस्कृतिक पुनःजागरणमा भक्तपुर नपाले गरेको कामहरु उल्लेखनीय भएको र भक्तपुर नपा नेपालकै आदर्श नगर बन्न सफल भएको उल्लेख गरे ।

च्वङा गणेश विकास संस्थाका अध्यक्ष लक्ष्मीनारायण राजलवटले सल्लाघारीमा च्वङा गणेश विकास समितिको भूमिकामाथि प्रष्ट पार्दै मुपुज्व गणेश मन्दिर निर्माणमा सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरे ।

मुपुज्व टोल सुधार समितिका सचिव कृष्णगोविन्द मुलगुठीले मन्दिर निर्माणबारे जानकारी तथा आय व्यय प्रस्तुत गर्दै मन्दिर निर्माणमा जम्मा रु ३७ लाख ४४ हजार ६०४ रुपैयाँ खर्च भएकोमा विभिन्न संघ संस्था र चन्दादाताहरुबाट रु २६ लाख ६७ हजार ३ रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको अवगत गराए । उनले मन्दिर पुनःनिर्माणमा रु १०,००० भन्दा माथिको सहयोग गर्ने संघ, संस्था तथा दाताहरुको नाम शिलापत्रमा उल्लेख गरेको अवगत गराइ ।

थप ख़बर

भक्तपुरका ६ जनाकाे ४ जिपिए: कुन कुन स्कूलका विद्यार्थीले ल्याए?

भक्तपुर टाइम्स

प्रहरीमाथि हातपात गर्ने सूर्यविनायकका दुई पक्राउ

भक्तपुर टाइम्स

पानी तान्ने क्रममा करेन्ट लागी एकको मृत्यु

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy