BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
राजनीति समाज

आठ मार्च : श्रमिक महिला मुक्तिको आवाज बोलेको दिन

हुकुमबहादुर / आठ मार्च अंग्रेजी पात्रोमा प्रत्येक वर्ष आउने विश्वभरका महिलाका लागि एउटा ऐतिहासिक दिन हो । सही मानेमा यो दिन श्रमिक महिला मुक्तिको आवाज बोलेको दिन हो । तर क्रमशः यसलाई अहिले हुने खाने वर्गका महिलाका लागि एउटा रमाइलो गर्ने दिनको रूपमा उपयोग भएको छ । र प्रत्येक वर्ष आउने आठ मार्च केही महिलावादी नेतृहरूका लागि एउटा सलबलाउने दिन बन्दै आएको छ । किनभने यो दिन उनीहरूले अन्तराष्ट्रिय नारी दिवसलाई भव्यरूपले मनाउने कार्यक्रमको तयारी गरेका हुन्छन् । त्यसका लागि उनीहरूलाई दातृ निकायहरूले पैसा उपलब्ध गराउँछन्, किनभने ती संस्थाहरूमा पनि महिला अधिकारवादीहरू छन् र महिला अधिकारवादीहरूको दवावलाई उनीहरूले इन्कार गर्न सक्दैनन । त्यो रकमबाट उनीहरूले अन्तराष्ट्रिय नारी दिवसमा भव्य भोजको आयोजना गर्दछन, मन्त्रीहरू, उच्च पदस्थ कर्मचारीहरू भोजको लाइनमा लाग्छन् । ठूलठुला होटेलहरूमा महिला मुक्तिबारे गरमागरम बहस, छलफल र अन्तरक्रियात्मक कार्यक्रमहरू हुन्छन् । नारी पुरूष बराबरीका नारा लगाइन्छ । मातृसत्ता र पितृसत्ताका कुरा पनि चर्कैसँग हुन्छन् । यसरी उनीहरूका लागि प्रत्येक वर्षको आठ मार्च सकिन्छ,, अर्को ८ मार्चको प्रतिक्षा र तयारीमा । संयुक्त राष्ट्र संघले पनि यिनै वर्गका महिलाहरूका लागि उपयुक्त हुने गरी १९७५को जुनमा मेक्सिकोमा अन्तराष्ट्रिय महिला सम्मेलन गरी आठ मार्चलाई अन्तराष्ट्रिय नारी दिवस मनाउने निर्णय गरेको थियो । यो परम्परालाई अहिले विश्वभरी निरन्तरता दिइदै आएको पाइन्छ ।

तर यसको वास्तविक इतिहास के हो भने यो दिवस मनाउन थालिएको एक शताब्दी (सन्१९११)भन्दा बढी वर्ष भयो तर फरक नाम र नारामा । त्यो थियो अन्तराष्ट्रिय श्रमिक महिला दिवस । अहिले श्रमिक शब्द हटाइएको छ र भनिन्छ अन्तराष्ट्रिय महिला दिवस वा नारी दिवस । श्रमिक महिला दिवससँग क्लारा जेटकिनको नाम जोडिएको छ । तर आठ मार्चलाई अन्तराष्ट्रिय नारी दिवस मनाउने महिलावादी संस्थाहरू र व्यक्तिहरू कसैले क्लारा जेटकिनलाई सम्झने आवश्यकता ठान्दैनन् । तै पनि आठ मार्चलाई अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाउनेहरूका लागि भने क्लारा जेटकिनको नाम कहिल्यै नभुल्ने प्यारो नाम रहँदै आएको छ ।

अन्तराष्ट्रिय श्रमिक महिला दिवससँग जोडिएको वास्तविक इतिहास यस्तो छ ।

सन् १९०८मा अमेरिकाको न्यूयोर्क शहरमा करीब १५ हजार महिलाले विभिन्न माग राख्दै ¥याली निकालेका थिए । वास्तवमा सोही ¥यालीले नै वर्तमानको महिला९नारी० दिवसको बीज रोपेको हो । कामगर्ने समयको कटौती, उपयुक्त ज्याला, निर्वाचनमा महिलाको अधिकारलगायत माग राखी महिलाले न्यूयोर्क शहरका सडकमा ¥याली निकालेका थिए । त्यसको एक वर्षपछि अमेरिकाको समाजवादी पार्टीले अमेरिकामा महिला दिवस घोषणा गरेको थियो ।

त्यस्तै जर्मनकी महिला अधिकारवादी ल्करा जेटकिनले सन् १९१०मा कोपनहेगनमा आयोजित अन्तराष्ट्रिय महिला सम्मेलनका क्रममा ८ मार्चलाई अन्तराष्ट्रिय महिला दिवस मनाउने प्रस्ताव गरेकी थिइन । सम्मेलनमा १७ देशका एक सय महिला सहभागी थिए । उनको प्रस्तावलाई सबै सहभागी महिलाले सर्वसम्मत स्विकृती दिएका थिए । सुरुमा सन् १९११मा अष्ट्रिया, डेनमाकर्, जर्मनी र स्विटरलैण्डमा यो दिवस मनाइएको थियो ।

थप ख़बर

मेयर विजय र्‍यालीमा व्यस्त, मेयरकै वडाको सडक बन्यो अस्तव्यस्त

भक्तपुर टाइम्स

शंखधर साख्वा प्रतिष्ठानकाे चाैथाे अधिवेशन : अध्यक्षमा चुनिए ज्ञानराम

भक्तपुर टाइम्स

भक्तपुरमा जग्गा प्लटिङ गर्न खाल्डाे खन्ने क्रममा पुरिएर १६ वर्षे किशाेरकाे मृत्यु

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy