BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
भक्तपुर समाचार समाज सुर्यविनायक नगरपालिका

गुण्डुबासीलाई पानी खुवाउन प्राइभेट होटलभित्र ३० लाखको डिपबोरिङ

भक्तपुर, २४ फागुन । सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डुले गुण्डुबासीलाई खानेपानीको प्रबन्ध गर्न प्राइभेट होटलको कम्पाउण्डभित्र डिप बोरिङ गरेको छ ।

गुण्डुबासीको खानेपानी समस्या समाधानका लागि भन्दै वडा कार्यालयले प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट गुण्डुको एक प्राइभेट होटलको कम्पाउण्डमा पर्ने गरी खानेपानीको बोरिङ गरेको हो । त्यसका लागि वडा कार्यालयले उपभोक्ता समिति गठन गरेको छ । वडा नं ७ को साविक गुण्डु गाविसको वडा नं १ र २ को सिमाना पोखरी थुम्कोमा रहेको होटल माउण्ट मनास्लुको परिसरभित्र डिप बोरिङ गरिएको वडा अध्यक्ष रबिन्द्र सापकोटाले भने ।

उनका अनुसार शान्तिकोट घ्याम्पेडाँडा खानेपानी आयोजनाको लागि ३० लाख रुपैंया बजेट विनियोजन गरेको छ। सोही योजना कार्यान्वयनका लागि घ्याम्पेडाँडा बृहत खानेपानी तथा सरसफाई उपभोक्ता समिति गठन गरी डिप बोरिङको काम अघि बढाएको उनको भनाइ छ ।

उनले भने, ‘सुनपा ७ का करिब ८० प्रतिशत घरधुरीमा १ घर १ धारा पुर्याइयो । तर पाईलट बाबा आश्रम घ्याम्पेडाँडा सिलामगाल र साबिक गुण्डू १ को माथिल्लो तामाङ टोलमा धारा पुर्याउन सकिएको छैन । यो आयोजना बिधिवत रुपमा घ्याम्पेडाँडा खानेपानी आयोजनाको समिति दर्ता गरि बागमती प्रदेश सरकार खानेपानी कार्यालयको गत वर्षको आयोजनामा डिपिआर तयार गरि यस वर्षको बजेटबाट बोरिङ गरिएको छ। बोरिङ गर्दा पानी कतिको आउँछ?, कहाँ गर्ने भन्ने विस्तृत रुपमा जमिन मुनिको भाग सर्भे गरिएको थियो । हाल बोरिङ गरेको ठाउको वरिपरि वन क्षेत्रले घेरिएको छ । करिव ७०० मिटर पर महालक्ष्मी नगरपालिकाको सिमाना क्षेत्र पर्छ । पहिला वनमा नै नै गर्ने सोचका साथ डिभिजन बन कार्यालय भत्तपुरमा कुरा गरियो । वन कार्यालयबाट हुन्छ गरौं भन्ने कुरा भयो मौखिक मात्रै तर मैले मौखिक सहमतिले हुँदैन, लिखित रुपमा दिनुस् भनेँ, तरलिखित सहमति दिएन । उक्त वन सामुदायिक वन पनि हैन, त्यहि रिसोर्टले नेपाल सरकारसँग लिजमा रहेको वन रहेछ। वन कार्यालयको लिखित सहमति नभएपछि खानेपानी उपभोक्ता समितिले रिसोर्टलाई तपाईको जग्गाको कुनामा बोरिङ गर्न दिनोस् भनेर लिखित अनुरोध गर्यो र रिसोर्टले आफ्नो जग्गामा वोरिङ गर्न लिखित सहमती दियो।उक्त बोरिङ क्षेत्र रिसोर्टको कम्पाउण्ड बाहिर पर्छ र खानेपानी समिति कम्पाउन्ड, सेट घर बनाउँछ। घ्याम्पेडाँडा क्षेत्र पानीको अतिनै दुःख भएको ठाउँ हो, तत्कालै पाईप लाईन जडान गरेर घ्याम्पेडाँडाको पुरानो खानेपानीको लाईनमा जोडेर नागरिकलाई पानी खुवाउने योजना हो र केही समयमा डिपिआरमा उल्लेखित २ लाख लिटरको ट्यांकी निर्माण गर्ने योजना हो । जनताको हितमा राजनीति गर्छु भनेर पार्टीको झण्डा बोकेर हिँड्नेहरुले यस बिषयलार्इ गिजोल्न खोजेका छन्।’

थप ख़बर

शिक्षकको बिदाईमा सांस्कृतिक गुरु बन्न अनुरोध

भक्तपुर टाइम्स

ताथलीमा बाथरोग सम्बन्धी नि: शुल्क स्वास्थ्य शिविर हुने

भक्तपुर टाइम्स

भक्तपुरमा प्रिस्कुल स्तरोन्नति कार्यक्रम सुरु

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy