भक्तपुर , २२ फागुन । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ९ ताथली बालमैत्री स्थानीय शासनयुक्त वडा घाेषणा भएकाे छ ।
बालमैत्री स्थानीय शासनका सूचक पूरा गरेकाे साे वडालाई बागमती प्रदेशकी सांसद सृजना सैंजूले गरेकी हुन् ।
भक्तपुर जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, चाँगुनारायण नगर प्रमुख साेमप्रसाद मिश्र, उपप्रमुख बिना बास्तोलालगायतकाे उपस्थितिमा भएकाे एक समाराेहबीच सांसद सैंजूले साे वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घाेषणा गरिन् ।
उनले साे क्रममा कागजमा मात्र नभएर व्यवहारमै बालमैत्री शासनको प्रत्याभूति गर्न अनुराेध गरिन् ।
चाँगुनारायण नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घाेषणा अन्तरगत वडा नं ९ लाई आइतबार बालमैत्री वडा घाेषणा गरिएको नगरप्रमुख मिश्रले बताए ।
previous post
next post
भक्तपुर टाइम्स
Bhaktapur Times Pvt. Ltd.
Bhaktapur’s Leading News Portal
Bhaktapur Times Dot Com
24/7 News From Bhaktapur
#BHAKTAPUNEWS
सञ्चार रजिस्ट्रारकाे कार्यालय, बागमती
दर्ता नंः ०००९६ /२०७८/०७९
चाँगुनारायण नगरपालिका,ताथली ,भक्तपुर
+977-9841566556
bhaktapurtimes@gmail.com
info@bhaktapurtimes.com
विज्ञापनका लागि
+977-9841566556