BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
भक्तपुर भक्तपुर नगरपालिका राजनीति समाज

काँग्रेसका कारण देशको सार्वभौमिकता खतरामा : बिजुक्छेँ

भक्तपुर, २१ फागुन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले नेपाली काँग्रेसका कारण देशको सार्वभौमिकता खतरामा पर्दै गएको बताएका छन् ।

नेपालमा विदेशीसँग मागेर देश विकास गर्ने गलत प्रवृत्ति हावी भइरहेको बताउँदै उनले देशको बागडोर सम्हाल्ने नेपाली काँग्रेसको गलत मानसिकताको सिकारमा देशको सार्वभौमिकता परेको बताएका हुन् । उनले त्यसको नेतृत्व वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले लिएको समेत बताए ।

भक्तपुर नपा वडा नं. ७ स्थित गय् भिंद्यो हनुमन्ते पुल उद्घाटनको क्रममा नेता बिजुक्छेँले विकासको नाममा माग्ने प्रवृत्ति गलत भएको उल्लेख गर्दै त्यसले आत्मनिर्भर हुने भावना विकास नहुने चर्चा गरे । अध्यक्ष बिजुक्छेँले भक्तपुर नगरपालिकाले आफ्नै स्रोत र साधनको उपयोग गर्दै विकास निर्माणका गतिविधिहरु सञ्चालन गरी देशकै उदाहरणीय नगरपालिकाको रुपमा आफ्नो परिचय कायम गरेको उनको भनाइ थियो ।

‘भक्तपुरका जनप्रतिनिधिको सक्रियता र इमानदारिताले गर्दा भक्तपुर देशकै नमुना नगरको रुपमा विकसित भएको हो’, उनले भने, ‘हामीले मागेर काम गरेका छैनौं ।’ उनले एमसिसीको नाममा आउने ५० अर्ब ठूलो रकम नभएको बताउँदै खर्बौं रकम ठेकेदारको पोल्टामा परिरहेको बताए ।

ठेकेदारहरुको काम विश्वसनीय नहुने बताउँदै उनले ठेकेदारहरुले कमसल निर्माण गर्दै देशको अरबौं रकम लुटिरहेको अध्यक्ष बिजुक्छेँले प्रष्ट पारे । जनतालाई झुक्याउन एमाले र माओवादीले आफ्नो पार्टीको नाममा कम्युनिष्ट राखेको उल्लेख गर्दै नेता बिजुक्छेँले प्रमुख शासक दलहरुका देशघाती गतिविधिका कारण देश चौतर्फी ढंगले समस्यामा पर्दै गइरहेको बताए ।

कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले उपभोक्ता समितिबाट विकास निर्माणको काम गर्ने भक्तपुर नपाको पहिलेदेखिको परम्परा भएको बताउँदै भक्तपुर नपाले सार्वजनिक सम्पत्ति संरक्षणमा जोड दिँदै आएको जनाए ।

त्यस्तै भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले खोला पुनःनिर्माणमा निकै चुनौतीहरु सामना गर्नुपरेको स्मरण गरे ।
भक्तपुर नपा वडा नं. ५ का वडाध्यक्ष प्रेमगोपाल कर्माचार्यले भक्तपुर नपा वडा नं. ५ र ७ वडा जोड्ने गय् भिंद्यो पुल निर्माणले आवातजावतमा सहज बनाएको बताउनुहुँदै नगरभित्र प्रवेश गर्ने भारी सवारीसाधनमा रोक लगाउनुपर्ने धारणा राखे ।

आदर्श आजाद माविका प्रअ तथा पूर्व वडाध्यक्ष श्रीकृष्ण किसीले पुल निर्माणमा स्थानीय जनताको सहयोग र योगदानको उच्च मूल्यांकन गर्दै पुल निर्माणसँगै स्थानीय जनता निकै लाभान्वित भएको बताए । गय् भिंद्यो हनुमन्त्ते खोला पुल उद्घाटन उपभोक्ता समितिका कोषाध्यक्ष नारायणप्रसाद कवांले पाँच चरणमा उपभोक्ता समितिबाट निर्मित पुल निर्माणको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै भक्तपुर नपाको रु. ३ करोड २ लाख ४४ हजार ९६४।१२ र बागमती प्रदेशबाट रु. १ करोड आर्थिक सहयोगमा निर्मित उक्त पुलको कूल खर्च रु. ४ करोड २ लाख ४४ हजार ९६४।१२ रहेको अवगत गराए ।

कार्यक्रममा नेमकिपा ७ वडा गोल्मढीका इन्चार्ज बलराम गोसाइँले धन्यवाद ज्ञापन गरे भने उपभोक्ता समितिका उपाध्यक्ष लक्ष्मीप्रसाद ढुकुछुले स्वागत मन्तव्य राखेका थिए । गय् भिंद्यो पुल २०७५ असार २ गते शिलान्यास गरिएको थियो ।

थप ख़बर

झौखेलको ११९६ वटा मतपत्र गन्दा एमालेका वडाध्यक्षसहित मेयरमा पनि अग्रता

भक्तपुर टाइम्स

बिजुक्छेँसँग भक्तपुरमा डेढ घन्टा बिताएका विप्लवले राखे यस्तो प्रस्ताव !

भक्तपुर टाइम्स

अनधिकृत प्लटिङ रोक्दै नगरपालिका : नगर प्रहरीको सुइको पाएपछि भागे डोजरै छाडेर

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy