भक्तपुर, १९ फागुन । भक्तपुरको कमलविनायकको पाइपलाइनमा रहेका पसलहरुमध्ये कुनैले म्याद नाघेका सामान बेच्ने, कुनैले मनपरी सामानको मोल लिने गरेको पाइएको छ ।
सो स्थानमा रहेका पसल तथा व्यवसाय सञ्चालकहरुले उपपभोक्ता हितलाई भन्दा आफ्नो हितलाई हेर्ने गरेको पाइएको हो । आज । भक्तपुर नगरपालिकाले गरेको बजार अनुगमनका क्रममा भक्तपुर नगरपालिका वडा नं १० पाइपलाइनका व्यवसायीहरुले आफूखुसी व्यवसाय गरिरहेको पाइएको अनुमगन समितिले फेला पारेको छ ।
अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा भएको अनुगमनका क्रममा सो क्षेत्रका बेष्ट भेराइटी, लाइभ बेकरी, एचके खाद्य स्टोर, राज्यलक्ष्मी कोण्डाको किराना पसल, गिरी किराना तथा खुद्रा स्टोर, ज्यू आमाको पसल र पाइपलाइन ऐला वेभरेजको अनुगमन गरेको थियो ।
वडाध्यक्ष हरिराम सुवाल, सदस्य रोशनमैंया सुवाल, भनपा श्यानिटेशका नगर निरीक्षक दिलिपकुमार सुवाल, वडा निरीक्षक रामकृष्ण प्रजापति, उद्योग बाणिज्य संघका गौतम सुजखु, राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरीक्षक रेशमबहादुर कार्की, घरेलु तथा साना उद्योग संघका लक्ष्मीप्रसाद कवाँलगायतको सहभागितमा भएको अनुगमनका क्रममा अधिकांश व्यवसायीहरुले आफूखुसी मूल्य राख्न मूल्यसूची नराखेको, तराजुलाई नापतौल विभागबाट नविकरण नगरेको, मइाद नाघेका सामान समेत बेच्ने गरिएको पाइएको अनुमगमन समितिका एक सदस्यले भने ।
‘व्यापारीहरुले मनपरी गरिरहेका छन्, आफूखुसी काम गरिरहेका छन्, त्यही भएर केही व्यवसायीहरुलाई तीनदिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ’, उनले भने, अनुमगनका क्रममा केही वस्तुहरु नष्ट पनि गरिएका छन् ।’