BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
भक्तपुर नगरपालिका विचार समाचार समाज

बुँख्याचा बन्दै भक्तपुर नगरको सिसी क्यामेरा !

भक्तपुर टाइम्सले केही दिन अगाडी भक्तपुर नगरपालिका वडा नं. ८ को च्यामासिंहबाट जगाति जाने हनुमन्ते खोलाको (जगाति पुलमा ‘यहाँ फोहर फाल्न सख्त मनाही छ । जथाभावी फोहर फालेको पाए रु. १००००/– जरिवाना गर्न सकिन्छ । तपाई सि.सि. क्यामेराको निगरानी हुनुहुन्छ ।’ भनि लेखिएको होर्डिङ बोर्ड सहितको समाचार केही दिनअघि प्रकाशित गरेको थियो । सो बोर्डमा ‘भक्तपुर नगरपालिका वडा नं ८ वडा कार्यालय’ ले राखिएको हुँदाहँुदै पनि त्यस ठाउँमा फोहरको डंगुर पाएका कारा ‘के भक्तपुर नगरपालिकाको सि.सि. क्यामेराले काम नगरेको हो?’ शिर्षकको समाचार प्रकाशित गरेको थियो ।

भक्तपुर टाइम्स अनलाइनमा समाचार प्रकाशित भएपछि सम्बन्धित भक्तपुर नगरपालिका ८ वडा कार्यालयको ध्यान जाला र अब उप्रान्त उक्त ठाउँमा फोहर फाल्न साँच्चिकै निषेध नै गर्ला भन्ने आश गरेर बसेको थिएmँ तर विडम्बना त्यस्तो हुन पाएन । फोटोसहितको समाचार आएपछि केही स्थानीयले समाचारमा प्रतिक्रिया पनि दिएका थिए । जनसरोकारका विषयमा पत्रिकामा समेत समाचार प्रकाशित हुँदा पनि समस्या समाधानको लागि पहल गर्न नखोज्ने वडा कार्यालय देखेर जनता अचम्मित हुँदैछन् ।
फोहर फाल्न सख्त निषेध गरेको, जथाभावी फोहोर फाले १० हजार जरिवाना गर्ने र फोहर फाल्नेहरुलाई सधै सि.सि. क्यामेरा निगरानी गरिरहने लेखिएको हुँदाहुँदै पनि त्यस ठाउँमा फोहरको डंगुर फालिएको पाउँदा देशकै सफा नगरपालिका कहलिएको नगरपालिकाका जनताको चेतनास्तरमा कमी आएको हो?, के भक्तपुरका जनताले नगरपालिकालाई टेर्न छाडेका हुन्?, के भक्तपुर नगरपालिकाको नियम कानुन जनताले वेवास्ता गरिरहेका छन् ? जस्ता कुराहरु मनमा उठ्न थालेको छ ।

होइन, भने भक्तपुर नगरपालिकाले फोहर फाल्न निषेध गदै जरिवाना समेत गर्न सकिने होर्डिङ बोर्ड राखिएकै ठाउँमा कसरी फोहरको रास फालेका हुन्छन् ? नगरपालिकाको सूचनालाई वेवास्ता गदै फोहर फालिरहेका छन् भन्ने समाचार पत्रिकामा प्रकाशित भइसकेपछि भए पनि त्यस स्थानमा रहेको सि.सि. क्यामेरा हेरेर फोहर फाल्ने केहीलाई सांकेतिक कारवाही गरिनु पर्दथ्यो । कतै त्यहाँ सि.सि. क्यामेरा नै नभएर कोही कसैलाई कारवाही गर्न नसकेको त होइन ? सि.सि. क्यामेरा नै नहँदा नहुँदै जनतालाई झुक्याउन वा तर्साउनकै कै लागि, किसानले आफ्ना खेतमा बुंख्याचा राखे जस्तै फोहर फाल्ने ठाउँमा सि.सि. क्यामेरा रहेको भनी भक्तपुर नगरपालिकाले लेखेको मात्र होइन ?

नगरपालिकाको सेवा सुविधा, नियम कानुनका विषयमा कोही कसैले फेसबुकमा मात्र गुनासो गर्दा पनि समस्या समाधानको लागि अगाडी बढ्ने नगरपालिका आज यसरी पत्रिकामै समाचार प्रकाशित हुँदा समेत समस्या समाधानतर्फ नलागेको देख्दा जनता अचम्म मानेर बसेका छन् । सर्वसाधारणलाई त्यस ठाउँमा फोहर फाल्न दिने हो भने भक्तपुर नगरपालिका ८ वडा कार्यालयले फोहर फाल्न निषेध छ भनि झुन्ड्याइएको बोर्ड यथासिघ्र त्यस ठाउँबाट हटायौं भने ठीक होला कि?

  • हिमाल सुवालले सम्पादकलाई लेखेको पत्र

थप ख़बर

गठ्ठाघरमा दुर्घटना हुँदा एककाे मृत्यु , एक घाइते

भक्तपुर टाइम्स

निगमले फेरि बढायो इन्धनको मूल्य, पेट्रोल प्रति लिटरकै १४५

भक्तपुर टाइम्स

गोल्डेन सुनगाभाको सप्ताहव्यापी कार्यक्रम : विद्यालय र समुदाय जोड्ने कार्यक्रम तय

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy