BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
अपराध मध्यपुर थिमि नगरपालिका समाचार समाज

भक्तपुरको हार्डवेयरअघि बम, भित्र ‘नो एमसिसी’ लेखिएको पत्र

भक्तपुर, १८ फागुन । भक्तपुरको एक हाडवेयर अगाडि बम फेला परेको छ । मध्यपुरथिमि नगरपालिकाको एक हार्डवेयर अगाडीको पेटीमा बम फेला परेको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार मध्यपुरथिमि नगरपालिका वडा नं. २ कौशलटारको कमलधारास्थित मिलिजुली हार्डवेयरको दक्षिणपट्टिको सटर अगाडिको पेटीमा शंकास्पद वस्तु फेला परेको छ ।

सो स्थानमा राखिएको उक्त बस्तु स्टिलको भाँडोभित्र निलो प्लाष्टिकले छोपिको र बाहिर कालो र रातो तार निकाली भाँडोलाई कालो टेपल कभर गरि छाडिएको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले सो स्थानमा राखिएको शंकास्पद बस्तुलाई नेपाली सेनाको बम डिस्पोजन टोलीले मंगलबार विहान ९ बजे डिस्पोज गरेको जनाएको छ । ‘हिजो विहान करिब सात बजे देखिएको उक्त शंकास्पद बस्तु विहान सवा नौ बजे डिस्पोज गरिएको छ’, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी राजु पाण्डेले भने ।

उनले सो शंकास्पद बस्तुभित्र २ मिटरको बिजुलीको तार, इँटाको धूलो, माटो र नो एमसिसी लेखेको कागज फेला परेको जानकारी दिँदै सो विषयमा थप अनुसन्धान भइरहेको बताए ।

थप ख़बर

भक्तपुरको कटुन्जेकाे मनाेरमकी बखुन्छेंकाे ४ जिपिए

भक्तपुर टाइम्स

स्कुटर बचाउन खाेज्दा वडा अध्यक्ष खड्काले चलाएकाे कार पुग्याे खेतमा

भक्तपुर टाइम्स

पारागनका विद्यार्थीलाई गजल प्रशिक्षण

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy