BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
भक्तपुर शिक्षा समाचार

सरकार निजी विद्यालयलाई आत्महत्या गराउन उद्यत : नेशनल प्याब्सन

भक्तपुर , १४ फागुन । नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटाले सरकार निजी विद्यालयलाई आत्महत्या गराउन उद्यत रहेकाे बताएका छन् ।
नेशनल प्याब्सन भक्तपुरकाे आठौं वार्षिक साधारणसभाकाे उद्घाटन गर्दै उनले सरकार निजी विद्यालयकाे नियमनमा लागेकाे बताएका हुन् ।
`सरकार निजी विद्यालयकाे हत्या गर्न चाहन्छ , तर हत्या गर्याे भने बात लाग्ने, कानुन लाग्ने भएकाले सरकार निजी विद्यालयलाई आत्महत्या गराउन खाेज्दैछ´ उनले भने, `त्यसका लागि निजी विद्यालयलाई खुम्च्याउने खाले कानुन बनाउन खाेज्दैछ।´
उनले सरकारले ऐन बनाएर निजी विद्यालयलाई कस्न खाेजेकाे उल्लेख गर्दै सहकारी र गुठीमार्फतमात्र निजी विद्यालय सञ्चालन गर्न खाेज्नु गलत रहेकाे बताए । साे अभ्यास सरकारकाे तीन खम्बे अर्थनिति विपरीत रहेकाे उनकाे भनाइ छ।
उनले माध्यमिक तहसम्मको अधिकार स्थानीय तहमा गएसँगै निजी विद्यालय संघ र स्थानीय तहकाे चेपुवामा परेकाे बताए । उनले स्थानीय तहले विद्यालयसम्बन्धि एकल अधिकारकाे प्रयाेग गर्दाकाे मार निजी विद्यालयले भाेगेकाे जनाए ।
कार्यक्रममा अध्यक्ष सापकोटाले काेराेना कहरले शिक्षा क्षेत्रमा नराम्रो प्रभाव परे पनि त्यसकाे निराकरणका लागि सरकारले ठाेस याेजना ल्याउन नसकेकाे बताए ।

यसैगरी कार्यक्रममा नेशनल प्याब्सन भक्तपुरका सल्लाहकार एवं क्वालिटी इंग्लिस स्कुलका प्रिन्सिपल जीबी खड्काले नेशनल प्याब्सनले थुप्रै उतारचढाव झेलेकाे उल्लेख गर्दै नेशनल प्याब्सन समृद्धितिर लागिरहेको बताए ।
उनले निजी विद्यालयप्रति सरकार सकारात्मक नभए पनि शिक्षाको विकासका लागि निजी तवरले उल्लेखनीय याेगदान दिएकाे चर्चा गर्दै त्यसलाई निरन्तरता दिनुपर्ने बताए ।
उनले नेशनल प्याब्सन भक्तपुरले जग्गा खरिद गरिसकेको अवस्थामा छिटोभन्दा छिटो भवन निर्माणतर्फ लाग्न सुझाव दिए ।

कार्यक्रममा नेशनल प्याब्सन भक्तपुरका सल्लाहकार बिक्रम ढुकुछुले निजी विद्यालयहरूका समस्या समाधानमा राज्य नलागेकाेले स्वयम् विद्यालय सञ्चालक नै लाग्नु पर्नेमा जाेड दिए । उनले निजी विद्यालयलाई राज्यले नियमन गर्न खाेज्नु राज्यकै लागि घातक हुनेतर्फ राज्यले मनन् गर्नुपर्ने बताए ।
कार्यक्रममा नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले नेशनल प्याब्सन भक्तपुरले भक्तपुरको शैक्षिक नीति बनाएकाे उल्लेख गर्दै साेही अनुसार अघि बढिरहेकाे र सबैलाई समेटेर लग्ने बताए ।

थप ख़बर

भक्तपुर नगर ‘नकार्ने’ स्थायी शिक्षक बढी

भक्तपुर टाइम्स

ख्वप अस्स्पतालमा विशेषज्ञ सेवा विस्तार

भक्तपुर टाइम्स

भक्तपुर क्षेत्र नं. १ को प्रदेश सदस्यको टिकटका लागि कांग्रेसका १७ जनाको आशय पत्र

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy