भक्तपुर, ११ फागुन । बालमैत्री स्थानीय शासन लागू गर्ने तयारीमा रहेको चाँगुनारायण नगरपालिकाको कामप्रति प्रश्न उठेको छ । मंगलबार सो सम्बन्धी नगरपालिकाले आयोजना गरेको कार्यशालामा सहभागी कतिपयले कागजमा मात्र घोषणा गर्न लागेको भन्दै असन्तुष्टि जनाएका थिए।
बुधबार भने चाँगुनारायण नगरपालिका वडा नं. ८ को बाल्मिकेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक खगेन्द्र धमलाले पनि सो विषयमा जिज्ञासा राख्दै कागजमा मात्र घोषणा हुने हो कि भनी चिन्ता जनाएका छन्।
नगरपालिकाले आर्थिक वर्ष २०७८/०८९ का लागि करिब १ करोड २० लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो । सोही बजेटबाट नगर
पालिकाले आफ्ना नौ वटै वडामा बाल क्लब गठन, बाल सञ्जाल गठन, घरधुरी सर्वेक्षण, बालमैत्री वद्यिालयलगायतको काम अघि बढाए पनि अझै पनि विद्यालय नै बालमैत्री नभएको विद्यालयका सरोकारवालाहरुले बताएका छन्।
वडा नं. ८ सुडालमा रहेका विद्यालयहरुमध्ये पञ्चकन्या माविमा भएका फर्निचरहरु बालमैत्री नभएको, कक्षाकोठा मेन्टिनेन्स, घेराबार र फर्निचरको व्यवस्था हुनुपर्ने, कालिका आधारभूत विद्यालयमा विद्यार्थी संख्या अनुसार फर्निचर नभएको, बाल्मिकेश्वर माविमा शौचालयको कमी र विद्यालय जाने बाटो बनाउनुपर्ने, बाल उद्यान नभएको, कम्पाउण्ड पर्खाल नभएको, ठूली ब्रम्हायणीमा झ्यालढोका मर्मत गर्नुपर्ने, सबै विद्यालयमा बाल उद्यानको व्यवस्था हुनुपर्ने, सरस्वती मावि थाकलमाथलाई बालमैत्री बाटो, खेलमैदान र पर्खाल निर्माण गर्न आवश्यक भएको औंल्याइएको छ ।
बालमैत्री शासन सम्बन्धमा सरकारले निर्धारण गरेको ५१ वटा सूचकहरु प्राप्त गर्न वडाका काम तीब्र बनाएको बेला शिक्षाकर्मीहरुले पनि अझ पनि विद्यालय नै बालमैत्री नभएकोमा असन्तुष्टि जनाएका हुन्।
नगरपालिकाका अनुसार बालमैत्री स्थानीय शासन कार्यान्वयन घोषणा र दीगोपनाका लागि हालसम्म २६२ वटा बाल समूह गठन, १० वटा बाल सञ्जाल गठन गरिसकेको छ। यसैगरी सबै वडामा बालमैत्री कक्ष व्यवस्थापन गरी ३०० सार्वजननिक स्थालमा बालमैत्री आचारसंहतिा, साबधान बोर्ड, बालश्रमवरिुद्धको पम्प्लेट एवं बोर्ड राख्ने काम सम्पन्न भइसकेको छ ।
सो कामलाई कागजमा मात्र सम्पन्न गर्न खोजेको स्थानीय सरोकारवालाहरुको भनाइ छ ।
नगर प्रमुख सोमप्रसाद मिश्रले भने कागजमा मात्र नभएर व्यवहारमै बालमैत्री स्थानीय शासनको व्यवस्थाका लागि नगरपालिका लागिरहेको बताए । उनले भने, ‘बालमैत्री हुन नदिन एउटा गिरोह नै लागेको मैले पाएको छु, एकैपटक हन्ड्रेन पर्सेन्ट हुन्न, तर हामीले बालमैत्रीका लागि योजना बनाएका छौं ।’
उनले काठमाडौँ उपत्यकामा चाँगुनारायण नगरपालिका नै पहिलो बालमैत्री नगरपालिका बन्न लागेको बताउँदै घोषणामात्र नगरी योजनावद्ध तरिकाले लाग्ने कार्यक्रम समेत रहेको जानकारी दिए ।
‘हो, हामीसँग समस्या छन्, बालमैत्री शासनका लागि चुनौति छन्, ती के के चुनौतिहरु हुन्, तिनीहरुलाई केलाएर अघि बढ्नुपर्छ, ती समस्या कसरी समाधान गर्ने भनेर योजना बनाएका छौं, हामी योजनाभित्र रहेर काम गछों, यो दश दिनमा केके गर्न सकिन्छ गर्छौं’, उनले भने ।