BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
चाँगुनारायण नगरपालिका भक्तपुर राजनीति समाचार समाज

बालबालिकासम्बन्धी कार्यशालामा मेयरले ‘चुनावी भाषण’ गरेपछि . . .

भक्तपुर, १० फागुन । चाँगुनारायण नगरपालिकाका नगर प्रमुख सोमप्रसाद मिश्रले ‘चुनावी भाषण’ गरेपछि वडाध्यक्षत्रयले आपत्ती जनाएका छन् । बालमैत्री नगरपालिका घोषणाको तयारीमा लागेको नगरपालिकाले सोही विषयमा मंगलबार आयोजना गरेको एक कार्यशालामा नगरप्रमुख मिश्रले ‘चुनावी भाषण’ गरेका थिए ।

भाषणकै क्रममा चाँगुनारायण नगरपालिका वडा नं. ५ का वडाध्यक्ष जयेन्द्र खड्का, वडा नं. २ का वडाध्यक्ष शिवहरि केसी र वडा नं. ९ का वडाध्यक्ष गणेश त्यातले भाषणप्रति आपत्ती जनाएका थिए ।

कार्यक्रममा मेयर मिश्रले नगरपालिकाभित्रकै वडाले बालमैत्री नगरपालिका घोषणा गर्न नचाहेको बताउँदै बालमैत्री घोषणा आफूले नभई वडाध्यक्षहरुले नै गर्न नचाहेको तथ्य बालबालिकासामु गएर बताउने उल्लेख गरेका थिए । ‘कुनै वडाले बालमैत्री नगरपालिका घोषणा गर्न चाहेको छैन, यदि त्यसो गरेमा हाल बाल समूह र बाल संजालमा गरेर प्रत्येक वडामा तीन सयजना बालबालिका छन् तीनै बालबालिकाहरू कहाँ गएर वडामा बालमैत्री घोषणा गर्न नचाहेको कुराहरु गर्छु’, मन्तव्यको क्रममा उनले भने, ‘त्यस्तो दिवास्वप्न नदेखे हुन्छ।’

मेयरको सो भाषालाई वडाध्यक्ष तथा सहभागी अन्यले समेत ‘धम्कीपूर्ण भाषा’ भएको बताउँदै मेयरलाई जर्बजस्ती नगर्न अनुरोध समेत गरेका थिए । उनीभन्दा अघि वडा नं १ का वडाध्यक्ष खड्काले वडा नं. ५ को स्वास्थ्य चौकीमा पानीको व्यवस्था नभएको जानकारी दिँदै बालमैत्री सूचक मापन गर्ने क्रमै प्रश्न उठेको बताएका थिए भने वडा नं २ का वडाध्यक्ष केसीले सूचक मापन गर्ने क्रममा बालश्रम मुक्त गर्न इट्टा उद्योगको कारणले समस्या भएको र ब्यवस्थापन गर्न समस्या भएकाले बालमैत्री वडा घोषणा गर्न कठिन रहेको बताएका थिए।

सोही विषयलाई मेयर मिश्रले सम्बोधनको क्रममा चुनावी भाषण गरेको वडाध्यक्ष शिवहरि केसीले बताए । ‘कार्यशालामा मेयरज्यूले बालमैत्री स्थानीय तहलाई लिएर चुनावी भाषण गर्नु भयो, त्यसपछि हामीले त्यसमा अब्जेक्सन जनायौं, सबलाई मिलाएर लग्नुपर्नेमा आफूले मात्र जस लिने सेन्सको भाषण गर्न थालेपछि हामीले अब्जेक्सन जनायौं ।

 

थप ख़बर

भक्तपुरमा ब्युटिपार्लरबाटै ड्रग्सकाे काराेबार

भक्तपुर टाइम्स

आँगनकाे पर्खाल भत्किँदा चित्तपाेलमा एककाे मृत्यु

भक्तपुर टाइम्स

ताथलीको सिम्रिक साकोसलाई सम्मान

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy