भक्तपुर । ऋण नतिरे थर्काउने, गाली गर्ने, धम्काउने जस्ता कार्य संचालन गर्दै आएका ८० जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नमा ४७ महिला र ३३ पुरूष रहेका छन् । उनीहरूलाई भक्तपुरको सानाेठिमीबाट नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ ।
पक्राउ पर्नेमा बर्ष २९ को वाङ्जिनाओ नामको चिनिया नागरिक रहेकाे प्रहरीले जनाएको छ। उनले विगत केही समयदेखि सनसिटी अपार्मेन्टकाे रुम नं. १२०६ मा बसेर नेपाली युवा युवतीहरु प्रयोग गरी कल सेन्टर संचालन गरिरहेको प्रहरीले सुइकाे पाएपछि मंगलबार साे स्थमनमा छापा मारेकाे थियाे ।
सानोठिमीस्थित उक्त कार्य हुने घरमा छापा मार्दा ३ तले घर भाडामा लिएकाे र धम्की दिएर पैसा उठाउँदै आएका १ जना चिनिया नागरिक सहित ८० जनासहित डेस्कटप कम्प्युटर १४ थान, ल्यापटप ४८ थान र आइप्याड २ थानसमेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिएका तिनीहरूले भारतीय मुलका युवा युवतीहरुलाई छोटो समयको लागि सानो सानो मात्रामा ५ देखि दशहजारसम्म ऋण लगानी गर्ने गरेकाे र उक्त ऋणको निश्चित ब्याज सहित तोकिएको समय भित्र उठाउन ऋणिहरुलाई कल सेन्टर मार्फत सम्पर्कमा ल्याउने गरेकाे पाइएकाे प्रहरीले जनाएको छ।