भक्तपुर, ९ फागुन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासंघबीच सहमति भएको छ ।
सहमतिसँगै शिक्षकका माग पूरा गर्न शिक्षामन्त्री देवेन्द्र पौडेलले प्रतिवद्धता समेत जनाएका छन्।
यस्तो छ सहमतिको विवरण :
विगतमा विभिन्न समयमा मन्त्रालय र नेपाल शिक्षक महासंघबीच भएका सहमति तथा समझदारी एवम् नेपाल शिक्षक महासंघले नेपाल सरकार समक्ष मिति २०७८।०१।२० मा पेश गरेको ३४ बुँदे माग र समय समयमा गरेका ध्यानाकर्षणका विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा मन्त्री देवेन्द्र पौडेलको पद बहाली भए पश्चात् नेपाल शिक्षक महासंघ र मन्त्रालयबीच छलफल भएअनुसार मिति २०७५।११।०९ मा भएको सहमतिहरू समेत अध्ययन गरी कार्यान्वयन योग्य सुझाव सहित मन्त्रालयमा प्रतिवेदन पेश गर्न मिति २०७८।०७।२८ मा गठित शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुडामणि पौडेलको संयोजकत्वमा नेपाल शिक्षक महासंघका सह अध्यक्ष पूर्ण प्रसाद दवाडी सहितको गठित कार्यदलले मागहरूका सम्बन्धमा वृहद छलफल गरी मागको विषय, वर्तमान अवस्था र गर्नुपर्ने कामहरूको कार्यसूची सहित तयार पारेको तालिकाबद्ध ५१ बुँदे प्रतिवेदन मिति २०७८।११।०१ का दिन मन्त्रालयमा पेश भएको छ । कार्यदलले मन्त्रालयमा पेश गरेको उक्त प्रतिवेदन कानून सम्मत ढङ्गले लागु गर्ने प्रतिबद्धताका साथ कार्यान्वयनमा लैजान सहमत भएका छौं ।
मन्त्रालयको तर्फबाट मन्त्री देवेन्द्र पौडेल, यादव प्रसाद कोइराला, सचिव, दीपक शर्मा , सहसचिव ,चुडामणि पौडेल महानिर्देशक र नेपाल शिक्षक महासंघका तर्फबाट अध्यक्ष कमला देवी तुलाधर, सहअध्यक्ष पूर्ण प्रसाद दबाडी, उपाध्यक्ष टीकादेवी राई, उपाध्यक्ष तिलक कुँवर, उपाध्यक्ष लालबाबु यादव लगायतले सहमतिमा हस्ताक्षर गरेका छन्।
यस्तो छ सहमति पत्र