सन्जिब दुलाल/ भक्तपुर । ८७ वर्षको उमेर भनेको अधिकांश मानिसको आराम गर्ने उमेर हो । तर ८७ वर्षको उमेरमा पनि दैनिक १० घण्टा भन्दा बढि अध्ययन र लेखनमा सक्रिय रहेका लेखक तिलक कायस्थको नयाँ पुस्तक विमोचन भएको छ ।
हाल सम्म १३ पुस्तक प्रकाशन गरिसकेका उनको १३ औं पुस्तक झुक्न नजानेका राष्ट्रवादी नेता बी.पी कोइराला नाम पुस्तक सार्वजनिक भएको हो ।
बी.पी कोइरालाका विभिन्न पाटाहरु समेटेर उक्त पुस्तक प्रकाशन गरिएको लेखक तिलक कायस्थले जानकारी दिए । उनका अनुसार भारत र नेपालको विचमा रहेको सम्वन्ध र बी.पी को विषयमा पुस्तकका धेरै कुरा समेटिएको छ । भारत बाट कसरी नेपाली राजनेताहरु प्रताडित हुनु परेको छ र भारतको नेपाल प्रतिको दृष्टीकोणको विषयमा यस पुस्तकमा समेटिएको छ ।
बी.पीको विषय र नेपाल भारतको सम्वन्ध जुन आज सम्म पनि थिचोमिचोमा नै रहेको छ उक्त समयमा नेपाल प्रतिको भारतको दृष्टीकोण बी.पीलाई भारतले किन लखेटे त र हाल सम्म नेपालका नेतालाई किन भारतले लखेट्छन त भन्ने विषयमा धेरै कुरा समेट्न खोजेको उनले जानकारी दिए ।
दरवार, भारत र नेपालमा प्रजातन्त्रको लागि लड्नेहरुको विचको सम्वन्ध एवं भारतले उक्त समय देखि नै किन नेपाललाई आफ्नो अधिनमा राख्न खोज्यो त भन्ने विषयमा पनि यस पुस्तकमा धेरै कुरा समेट्न खोजेको समेत लेखक कायस्थले बताए ।
पुस्तक साहित्यकार बलदेब बजगाई, सुर्वण स्मृति प्रतिष्ठानका अध्यक्ष उद्दव ढुंगाना, पूर्व सांसद लेखनाथ न्यौपाने लगाएतका व्यक्तीहरुबाट संयुक्त रुपमा विमोचन गरिएको थियो ।
पुस्तक विमोचन गर्दै साहित्यकार बलदेव बजगाईले नेपालमा हाल सम्म पनि भारतले गर्दै आएको परराष्ट्र नितिको विषय पुस्तकले समेट्न सकेको जानकारी दिए । नेपाललाई भारतले कसरी किन आफ्नो अधिनमा नै राख्न खोज्ने चिनको सम्वन्ध र भारतको सम्वन्धमा यस पुस्तकमा ठूलो समिक्षा गर्न खोजिएको उनले जानकारी दिए ।
पुस्तकको विषयमा बोल्दै साहित्यकार बजगाईले भारतको उक्त समयको नीतिका कारण हाल एमसीसी सम्म र विभिन्न सन्धी सम्झौतामा र नेपालको हरेक विकास देखि परराष्ट्र« नीतिमा भारतको हस्तक्षपको विषयमा जन्न यस पुस्तकले ठूलो मद्दत गर्ने उनको भनाई थियो ।
प्रजातान्त्रिक समाजवादका अभियन्ता बी.पीको विषय तर नेपालको सार्वभौम सत्ता एवं नेपालको विभिन्न घटना क्रम जसका कारण हाल सम्म पनि देश विकास हुन नसकेका कुराहरु लाई उनले पुस्तकमा सुस्म रुपमा विश्लेषण गर्न खोज्नुभएको नेपाल साहित्य मन्दिरका अध्यक्ष अगिव बनेपालीले बताए ।
यस्तै कार्यक्रममा सुर्वण स्मृति प्रतिष्ठानका अध्यक्ष मदन ढुंगानाले ८७ वर्षको उमेरमा दैनिक १० घण्टा भन्दा बढि अध्ययन गर्दै एकै पटक दुई दुई पुस्तक एकै पटक लेख्न कुनै चानचुने कुरा नभएको उनले बताए ।देशलाई नयाँ ग्रन्थका रुपमा उनले गर्नु भएका अध्ययन र खोजका आधारमा प्रकाशित भएको उक्त पुस्तक नयाँ पुस्ताका लागि नेपालको विषयमा अध्ययन गर्ने रामो विषय वस्तु भएको उनले बताए ।
यस्तै कार्यक्रममा विराट भाषा साहित्य तमुज्याका अध्यक्ष महेन्द्र गोपाल कर्माचार्य, राजनीतिज्ञ एवं भक्तपुर क्षेत्र नम्वर २ का पूर्व सांसद लेखना न्यौपाने लगाएतका वक्ताले लेखक तिलक कायस्थको अध्ययन र लेखनको प्रशंसा गरेका थिए ।
कार्यक्रममा बाम विश्लेसक एवं साहित्यकार ओम चरण अमात्यले पछिल्लो समयमा नेपाललाई भारतमा गाव्न भारतीयहरु लागि परेको समयमा बी.पी लगाएतका नेताहरुले कस्तो भुमिका निभाए भन्ने विषयमा उल्लेख गरेका थिए । अमात्यले नेपाल हाल सम्म पनि स्वतन्त्र हुनुमा उनीहरुको नेपाल प्रतिको डर नेपालमा हिन्दुत्व, माहात्मा गान्धी आफैले आफनो हरिजन भन्ने पत्रिकामा नेपाललाई स्वतन्त्र नै छोड्नु पर्छ भन्नु, व्रिटिस भारत छोडर जाँदा भारतमा १२ वटा गोर्खा रेजिमेन्ट छोडेर गएका र उक्त समयमा भारतका प्रधान सेनापातीले उक्त गोर्खा रेजिमेन्टले पनि नेपाल भारतमा गाव्दा विद्रोह गरेमा आफूहरुले थाम्न नसक्ने बताउनु र नेपालमा स्थाई सेना पनि थियो जो पनि दोस्रो विस्वयुद्द लडेर आएको र नेपालमा बी.पी जस्ता नेता भएका कारण पनि नेपाललाई भारतले आफ्नो सिमामा गाव्न नसकेको उनले बताएका थिए ।
भारतका सबै सारकारले नेपाललाई भारतमा नै विलय गराउने लक्ष्यलाई कसरी बी.पी लगाएतका नेताले विफल गराए भन्ने विषयमा कायस्थले आफ्नो पुस्तकमा समेट्नु एक इतिहास नै उजागर गर्न खोजिएको विभिन्न समालोचकहरुले बताएका छन् ।
कार्यक्रममा तिशा ट्रस्टको विषयमा ट्रस्टका सदस्य प्रसान्त कायस्थले जानकारी दिएका थिए भने कार्यक्रमको समापतित्व ट्रस्टका सदस्य रञ्जन कायस्थले गरेका थिए ।