BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
चाँगुनारायण नगरपालिका भक्तपुर खोज शिक्षा समाचार

यी हुन, चाँगुनारायणका ‘टप’ विद्यालय, कुन कतिऔंमा?

भक्तपुर, ७ फागुन । चाँगुनारायण नगरपालिकाभित्रका ३४ सामुदायिक विद्यालयमध्ये विद्यार्थी संख्याको आधारमा चाँगुनारायण माध्यमिक विद्यालयमा सबैभन्दा बढी विद्यार्थी अध्ययन गरिरहेका छन्।

नगरपालिकाको शिक्षा शाखाले विद्यार्थी संख्यालाई आधार मान्दा आधारभूत र माध्यमिक विद्यालयहरुमध्ये चाँगुनारायण नगरपालिकाको वडा नंं १ दुवाकोट, न्यौपाने गाउँस्थित सो विद्यालयमा सबैभन्दा बढी विद्यार्थी अध्ययन गरिरहेका छन्।
सो विद्यालयमा अहिले(माघ मसान्तसम्म) ६ सय ४५ विद्यार्थी अध्यनरत छन्।

त्यसपछि चाँगुनारायण नगरपालिकाको वडा नं. ९ ताथलीको सौडोलस्थित देवी माविमा बढी विद्यार्थी अध्ययन गरिरहेका छन्। नगर शिक्षा शाखाका अनुसार देवी माविमा ५ सय ४ विद्यार्थी अध्ययनरत छन्। विद्यार्थी संख्याको आधारमा तेस्रोमा छालिङको गणेश मावि, चौथोमा खरिपाटीको श्रीकृष्ण मावि, पाँचौंमा सुडालको बाल्मिकेश्वर मावि र छैटौंमा महेन्द्रग्रामा मावि परेका छन्।

ती विद्यालयहरुध्ये गणेश माविमा चारसय ६४, श्रीकृष्ण माविमा चारसय ५१, बाल्मिकेश्वर माविमा तीनसय ८६ र महेन्द्रग्राम माविमा ३ सय ८३ विद्यार्थी छन्।

विद्यार्थी संख्याकै आधारमा सातौ स्थानमा सुडालको सरस्वती मावि, आठौंमा सुडालकै पञ्चकन्या मावि, नवौंमा दुवाकोटको गणेश आधारभूत विद्यालय र दशौंमा ताथलीको गणेश मावि रहेका छन्। ती विद्यालयहरुमा क्रमशः विद्यार्थीहरु, तीनसय १४, दुईसय ८४, दुईसय ४८ र दुई सय ८ विद्यार्थी अध्ययन गरिरहेको नगरपालिकाले जनाएको छ।

थप ख़बर

भक्तपुरमा सार्वजनिक सेवा प्रवाहमा खोप कार्ड अनिवार्य, खोप कार्ड हेरेर मात्र प्रवेश दिइने

भक्तपुर टाइम्स

काठमाडौं क्यान्सर सेन्टर र कुमारी बैंक जगाती शाखाबीच सम्झौता

भक्तपुर टाइम्स

भक्तपुरमा एमसिसीका मतियारकाे गाईजात्रा

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy