BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
भक्तपुर समाचार सुर्यविनायक नगरपालिका स्वास्थ्य

जगातिमा सञ्चालनमा आउँदै सूर्यविनायक अस्पताल

भक्तपुर ७ माघ । सूर्यविनायक नगरपालिकाले भोलिबाट सूर्यविनायक नगर अस्पताल सञ्चालनमा ल्याउने भएको छ। वि.सं. २०७७ को मंसिरमा शिलान्यास गरिएको सो अस्पताल भोलिबाट सञ्चालनमा ल्याइने नगरपालिकाल जनाएको छ।

अक्सिजन प्लान्टसहित सुरु गर्न लागेको सो अस्पतालका लागि आवश्यक पाँचवटा भवनलगायतका आवश्यक पूर्वाधार निर्माण सम्पन्न भएको नगरपालिकाका प्रमुख वासुदेव थापाले जानकारी दिए। उनका अनुसार प्रजातन्त्र दिवस(फागुन ७)का दिन नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपि शर्माओलीले नगर अस्पतालको उ्घाटन गर्ने भएका छन्।

अरनिको राजमार्गसँगै जोडिएको सूर्यविनायक नगरपालिका ८ जगाती चोकस्थित भक्तपुर इँटा तथा टायल कारखानाले प्रयोग गर्दै आएको नेपाल सरकारको २५ रोपनी क्षेत्रफलमा सञ्चालनमा आउने अस्पतालको नतृत्व टेकु अस्पतालबाट अवकाशप्राप्त विशेषज्ञ डा सागर राजभण्डारीले गर्ने नगरपालिकाले जनाएको छ। डा. राजभण्डारीलाई अस्पतालको निर्देशकका रूपमा नियुक्ति दिइसकेको छ।

अस्पतालमा आकस्मिक सेवा, आइसीयू तथा भेन्टिलेटर सेवा, एचडीयू, ओपिडी, जनरल वार्डलगायतका सेवा उपलब्ध हुने अस्पताल निर्माण समितिका संयोजक एवं वडा नं ८ का वडाध्यक्ष किरण थापाले बताए। आठ करोडको लागतमा बनेको सो अस्पताल सञ्चालनसँगै भक्तपुरबासीका अलावा काभ्रे, सिन्धुपाल्चोक, रामेछापबासीलाई समेत लाभ पुग्नेछ ।

थप ख़बर

सूर्यविनायकमा लुँ ध्वाखा रत्नायन ज्वेलर्स उद्घाटन, गहनामा विशेष छुटको घोषणा

भक्तपुर टाइम्स

धिमय् बाजा प्रतियोगितामा ताथलीलाई लगातार सफलता : उपत्यकाव्यापी स्पर्धामा पनि दोस्रो

भक्तपुर टाइम्स

यस्तो थियो बालमैत्री सम्बन्धी आयोजित कार्यक्रममा नगरप्रमुख मिश्रको विवादित ‘चुनावी भाषण’

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy