भक्तपुर,५ फागुन । भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरूले देकाे मिवा इतापाके जग्गा एकीकरण आयाेजना छिटो सकाउन माग गरेका छन् ।
भक्तपुर नगरपालिकाका प्रमुख एवम् एघारौं नगरसभाका अध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा बसेको एघारौं नगरसभाको बिहीबार बसेको बैठकमा सहभागीहरूले साे माग गरेका हुन् ।
सहभागी जनप्रतिनिधिले भक्तपुर नगरपालिकाले सुरू गरेकाे साे जग्गा एकीकरण आयाेजना लामो समय भइसक्दा पनि नसकिँदा त्यसकाे लागत बढेकाे तथा जनगुनासाे व्यापक आएकाे भन्दै साे विषयलाई छिटाे सम्बाेधन गर्नु पर्ने उल्लेख गरे ।
सभाको विशेष समयमा सभासद्हरु राजेन्द्र माक, सूर्यप्रसाद श्रेष्ठ, कृष्णगोपाल चौगुठी, गंगालक्ष्मी बमनू, रत्नकाजी नायभारी, श्यामसुन्दर मातां, पूर्णगोपाल राजचल, ज्ञानकुमार मगजु, हेरा ख्याजु, शिवप्रसाद बाला, जितेन्द्र मुनंकर्मी र गोविन्द दुवाललगायतले साे विषयका साथै समसामयिक विषयमा धारणा राखेका थिए ।