भक्तपुर ,२ फागुन।
भक्तपुरका विभित्र ठाउँबाट बरामद भएका पुरातात्त्विक , ऐतिहासिक र धार्मिक महत्त्वका विभिन्न मूर्ति पुरातत्त्व विभागलाई हस्तान्तरण गरिएकाे छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरले विभिन्न समयमा, विभिन्न ठाउँबाट बरामद गरेका २४ थान मूर्ति पुरातत्त्व विभागलाई हस्तान्तरण गरिएकाे हाे ।
प्रहरीले पत्रकार सम्मेलन गरि पुरातत्व विभागकी पुरातत्व अधिकृत सविता न्याैपानेलाई हस्तान्तरण गरिएकाे हाे । अधिकृत न्याैपानेले प्राप्त मूर्तिलाई छाउनीमा लगी सुरक्षित गरि राखिने बताइन्।
टुँडाल, भागिरथी, विष्णुकाे मूर्ति, ढलाेटका जाेडी सिँह, माटाेकाे भगवती मूर्ति, गणेश मूर्तिलगायतका प्राचीन सम्पदालाई प्रहरीले लामाे समयदेखि सुरक्षित गरि राखेकाे परिसरका एसपी शिव श्रेष्ठले बताए।
वि. सं ०५४ सालदेखि फेला परेका मूर्ति फेला परेकाे महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी राजु पाण्डेले बताए । उनले बेवारिसे अवस्थामा फेला परेका ती मूर्तिहरू पुरातत्त्व विभागमा बुझाइएकाे बताए ।