भक्तपुर , १ फागुन । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीस्थित एक इँटा भट्टामा झुन्डिएको अवस्थामा एक व्यक्ति फेला परेका छन् ।
रोल्पा त्रिबेणी गाँउपालिका वडा नं. ४ घर भएका बर्ष २६ को मोहन परियार आइतबार झुन्डिएको अवस्थामा फेला परेकाे प्रहरीले जनाएको छ ।
बिटीएम ईट्टा भट्टामा चालकको रुपमा काम गर्ने उनी भट्टा नजिकको रुखमा गलबन्दीको पासो लगाएर आत्महत्या गरेको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत राजु पाण्डेले जानकारी दिए।