BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
भक्तपुर राजनीति समाज

अमेरिकाले दिने ५० कराेड बल्छीमा राखिएको पिठाेकाे डल्लाे : बिजुक्छेँ

भक्तपुर , २९ माघ। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छुँ( राेहित) ले एमसिसी सम्झाैता अन्तरगत पाउने ५० कराेड अमेरिकी डलरलाई पिठोकाे डल्लाे मात्र भएकाे बताएका छन् ।
समसामयिक विषयमा विभिन्न सञ्चार माध्यमका प्रतिनीधिसँग कुराकानीकाे क्रममा अध्यक्ष बिजुक्छेँले एमसिसी सम्झाैता अन्तरगत दिने भनिएकाे ५० कराेड अमेरिकी डलर अनुदान नभइ अमेरिकी लगानी भएकाे बताए।
उनले अमेरिकाले डलरकाे लाेभ देखाएर नेपालकाे सार्वभौमसत्ता र स्वतन्त्रतामाथि आँच ल्याउन खाेजेकाे बताउँदै सम्झाैताकाे नाममा नेपाललाई फसाउन खाेजेकाे बताए ।
“५० कराेड अमेरिकी डलर अनुदान हैन, लगानी हाे”, उनले भने, ” माछा मार्न बल्छीमा राख्ने गड्याैला र पिठोकाे डल्लाेमात्र हाे ।”
कुराकानीकाे क्रममा उनले एमसिसी सम्झाैता कुनै पनि अवस्थामा पारित गराउन नहुनेमा जाेड दिँदै एमसिसी पारित गराउन भूमिका खेल्नेहरूलाई खबरदारी गर्न जरूरी रहेकाे उल्लेख गरे ।
अध्यक्ष बिजुक्छेँले एमसिसी पारित नभए अमेरिकी सहयाेग बन्द हुने धम्कीले नेपाली जनता विचलित हुन नहुने समेत बताए ।
” एमसिसी सम्झौता संसदबाट पारित भएन भने अमेरिकी र अन्य देशकाे सहयाेग बन्द गर्ने धम्की दिनुकाेअर्थ नेपालकाे सार्वभौमिकतामाथि धावा बाेल्नु हाे, नेपाल र नेपाली जनता विरूद्दकाे धम्की हाे। धम्कीकाे अगाडि झुक्नुकाे अर्थ आत्मसमर्पण हाे।” उनले भने ।

थप ख़बर

फेरियो भक्तपुर जिसस पदाधिकारीको नाम र फोटो !

भक्तपुर टाइम्स

भक्तपुरमा सम्पन्न मेलामा ८ कराेडकाे व्यापार : पत्रकार ढकाल भए सम्मानित

भक्तपुर टाइम्स

सिडिओ कार्यालयले नगरपालिका अनुसार सेवा दिने (यस्तो छ, सेवा तालिका)

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy