BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
शिक्षा समाचार सुर्यविनायक नगरपालिका स्वास्थ्य

फागुन १ गतदेखि पठनपाठन सुरु गर्ने निर्णय स्वागतयोग्य: एनप्याब्सन भक्तपुर

भक्तपुर, २७ माघ। नेशनल प्याब्सन भक्तपुरले सरकारले फागुन १ गतेबाट विद्यालयमा पठनपाठन गराउने निर्णय स्वागतयोग्य भएको जनाएको छ।

एनप्याब्सन भक्तपुरका अध्यक्ष एवं भक्तपुरको भातेढिकुरस्थित मदरल्याण्ड स्कुलका प्रिन्सिपल सञ्जय खड्काले सरकारले फागुन १ गतेदेखि स्वास्थ्य मापदण्डको पालना गरी पठनपाठन सुरु गर्ने निर्णय स्वागतयोग्य रहेको बताएका हुन्।

मदरल्याण्ड स्कुलमा कोभिड १९ विरुद्ध दोश्रो चरणको मोडर्ना खोप कार्यक्रम सकिएपछि उनले खोपले विद्यार्थी तथा अभिभावक र शिक्षकहरुको मनोबल बढेको प्रतिक्रिया दिए।

अध्यक्ष खड्काले कोभिडको कारण विद्यालय बन्द हुँदा बालबालिकाहरुको पठनपाठन र भविष्यमा समेत नकारात्मक असर पर्नुका साथै देशको नै शिक्षाको स्तर खस्कने विषयलाई मध्यनजर गरी सरकार र तथा सम्बन्धित्र निकायले शैक्षिक क्षति हुन नदिन गरेको प्रयास सराहनीय रहेको बताए।

उनका अनुसार मदरल्याण्ड स्कुलमा अध्ययनरत १२ वर्ष देखि १७ वर्षका २४९ जना विद्यार्थीहरुलाई कोभिड १९ विरुद्धको दोश्रो चरणको मार्डना खोप लगाइएको छ भने एनप्याब्सनमा आवद्ध तथा जिल्लामा रहेका अन्य विद्यालयका विद्यार्थीले समेत खोप पाउनु सुखद् रहेको बताए।

उनले नंखेल स्वास्थ्य चौकीले विद्यालयमै खोप केन्द्र राखी कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत १०४ जना छात्रा र १४५ जना छात्रहरुलाई स्वास्थ्य चौकीका प्रमुख राजेन्द्र फैंजूको नेतृत्वमा मोर्डना खोप लगाउन पाउँदा विद्यार्थीहरु हर्षित भएको बताए।
उनले बढ्दो महामारीलाई न्यूनीकरण र नियन्त्रण गर्नका लागि खोप नै प्रभावकारी तरिका भएकाले खोप कार्यक्रमलाई व्यापक बनाउन जरुरी रहेको बताए।

थप ख़बर

निःशुल्क तालिमले कम्प्युटरका विद्यार्थी दंग

भक्तपुर टाइम्स

भक्तपुरमा गूरूकूलकाे `खाेया पार्टी´

भक्तपुर टाइम्स

ताथलीमा कुमारी बैंकको सेवा विस्तार, एकैदिन डेढसय खाता

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy