BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
भक्तपुर भक्तपुर नगरपालिका समाचार समाज सुर्यविनायक नगरपालिका

भक्तपुरमा सय रुपैयाँमा फिजियोथेरापी

भक्तपुर, २६ माघ। भक्तपुरमा अब रु एकसय रुपैयामै फिजियोथेरापी सेवा उपलब्ध हुने भएको छ। लायन्स क्बलमा आवद्ध व्यक्तिहरुको संयुक्त पहलमा भक्तपुरमा सो सेवा उपलब्ध हुने भएको हो।

भक्तपुरका लायन्सहरुले सस्तो र सुलभ रुपमा ‘लायन्स फिजियोथेरापी’ मार्फत् सेवा दिने भएको हो। त्यसका लागि समाजसेवी एवं व्यवसायी विष्णुभक्त मारिखुको सहयोग रहेको छ। उनकै सहयोगमा भक्तपुरको सूर्यविनायकस्थित भुलान्चामा रहेको लायन्स क्लिनिकमा सो सेवा दिन सुरु गरिएको छ।

निजी क्षेत्रले रु.५ सयमा थेरापी गराइ रहँदा समाजसेवी मारिखुको सहयोगले रु १ सयमै थेरापी सेवा सुरु गर्न लागिएको लायन रञ्जित मारिखुले बताए। सो क्लिनिकमा प्र्रत्येक दिन विहान साढे सात बजेदेखि साढे नौ बजेसम्म विशेषज्ञ फिजियोथरापिष्टले सेवा दिने भएको छ। लायन्स क्लबका गोकुल प्रजापति, दिपक प्रजापति, रुकेश रञ्जित, वीरेन्द्रकाजी र रञ्जित मारिखुको व्यवस्थापनमा सञ्चालनमा रहेको सो क्लिनिकमा फिजियोथेरापिष्ट डा. दिनेश लागेलगायतले सेवा दिनेछन्।

सो सेवाले पक्षघात भएका, मांसपेशीसम्बन्धी र नशा तथा हाडसम्बन्धी समस्या भएका बिरामीहरुलाई राहत पुग्ने छ। सो क्लिनिकमा दैनिक आँखा परीक्षण सेवा, दैनिक मधुमेह(सुगर) परीक्षण सेवा, दैनिक रक्तचाप परीक्षण सेवा, दैनिक फिजिसियन परीक्षण सेवा, दैनिक ल्याब परीक्षण सेवा र दैनिक विशेषज्ञ सेवा रहेका छन्।

 

 

 

थप ख़बर

खरिपाटीमा हरेक दिन स्वास्थ्य परीक्षणसँगै नि: शुल्क ओखती वितरण सुरू

भक्तपुर टाइम्स

आजदेखि देशभर विद्यार्थी भर्ना अभियान सुरु

भक्तपुर टाइम्स

सन्दर्भ : हिरोशिमा दिवस : आइन्दा त्यस्तो कहीँ कतै नहोस् !

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy