BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
भक्तपुर भक्तपुर नगरपालिका विचार समाचार समाज साहित्य

मध्यपुर अस्पताल लैजान भनी हिँडेका भक्तपुर अस्पताल छिरेपछि….

दिउँसै भाँचिएको रहेछ भतिजको हात। राती मात्र थाहा भयो। मलाई सरकारी अस्पतालको भिड र ढिलासुस्तीको कारण सरकारी अस्पताल लैजान मन थिएन। भक्तपुरको मध्यपुर अस्पताल लैजान भनेर हिडेको थिएँ।

बाटोमा भक्तपुर अस्पताल पर्ने हुँदा एकचोटी छिरेर हेरौं न भनेर छिर्यौं। अस्पतालको इमेर्जेन्सीमा खासै भिड रहेनछ। त्यहाँ राम्रो सरसफाई थियो। डाक्टरले एक्सरे गरेर भाँचिएको हात आधा घण्टा भित्र प्लाष्टर गरेर एक घण्टामा त घरै फर्कियौं ।

घर आउँदा सबै जना कति छिटो भनेर अचम्म परे। एक्सरे दुईवटा गर्दा नौ सय रुपैयाँ र बाहिर प्लाष्टरको सामान किन्दा गरेर दुई हजार पनि लागेन। मैले अरु अतिरिक्त पैसा लाग्छ की भनेर सोधेको, नपर्ने रहेछ।

जम्मा २ हजार पनि लागेन। त्यहि कुरा निजी अस्पतालमा गरेको भए चारपाँच हजार बढी लाग्थ्यो होला। सरकारी अस्पताललाई व्यवस्थित गर्न सके नेपालमा कोही पनि औषधी उपचार गर्न नसकेर मर्न पर्ने थिएन।

  • राम ढुंगानाको अनुभव

थप ख़बर

नगर प्रमुख थापाले गरे मदरल्याण्ड स्कुलको शैक्षिक अभ्यासको प्रशंसा : मदरल्याण्ड छुट्टै ब्राण्ड बन्दै

भक्तपुर टाइम्स

ओली र प्रचण्डकाे रूप (भिडियो )

भक्तपुर टाइम्स

चाँगुनारायणकाे भद्रकालीमा दुर्घटना : एककाे मृत्यु

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy