भक्तपुर, २० माघ । भक्तपुर नगरपालिकाले १० ठाउँबाट सामाजिक सुरक्षा भत्ता वितरण गरेकाे छ । नगरपालिकाले लाभग्राही नगरबासीकाे सुविधाका लागि १० ठाउँबाट सामाजिक सुरक्षा भत्ता वितरण गरेकाे हाे । आर्थिक वर्ष २०७८/७९ काे सामाजिक सुरक्षा भत्ता तथा आर्थिक सहायता रकम अन्तरगत दाेस्राे किस्तावापतकाे रकम बैंक र वडा कार्यालयमा वितरण गरिएकाे नगरपालिकाले जनाएको छ । नगरपालिकाले नपुखुकाे कुमारी बैंक , ब्यासीकाे नेपाल बैंक, तलेजु मार्टकाे सिद्दार्थ बैंक , सुकुलढाेकाकाे सनराइज बैंक, ब्यासी तथा जगातिकाे कुमारी बैंक , च्याम्हासिँहकाे प्राइम र सिद्धार्थ बैंक र कमलविनायककाे ग्लाेबल आइएमई बैंकबाट भत्ता वितरण गर्ने भएकाे छ । नगरपालिकाका अनुसार भत्ता वडा नं १ काे कार्यालय, भनपा कार्यालय भवन, ३ नं वडा कार्यालय भवन,७ नं वडा कार्यालय भवन, ख्वप कलेजलगायतबाट पनि भत्ता वितरण गरिनेछ । नगरपालिकाले नगरभित्रका अशक्त , अपांगता भएकालाई भने घर घरमै गएर भत्ता वितरण गर्ने भएकाे छ।
भक्तपुर टाइम्स
Bhaktapur Times Pvt. Ltd.
Bhaktapur’s Leading News Portal
Bhaktapur Times Dot Com
24/7 News From Bhaktapur
#BHAKTAPUNEWS
सञ्चार रजिस्ट्रारकाे कार्यालय, बागमती
दर्ता नंः ०००९६ /२०७८/०७९
चाँगुनारायण नगरपालिका,ताथली ,भक्तपुर
+977-9841566556
bhaktapurtimes@gmail.com
info@bhaktapurtimes.com
विज्ञापनका लागि
+977-9841566556