भक्तपुर, १८ माघ। भक्तपुरका विद्यालयहरुले एउटै पदका लागि खुलाएको विज्ञापनको लागि दखास्त दस्तुर दुई थरी राखेका छन्।
भक्तपुरमा रिक्त प्राथमिक तृतीय श्रेणीको शिक्षक करारमा पदपूर्तिका लागि विद्यालयहरुले खुलाएको विज्ञापनको दरखास्त दस्तुर दुई थरी राखेका हुन्।
त्यसरी दुईथरी दर्खास्त दस्तुर राखी विज्ञापन गर्नेहरुमध्ये सिद्धिशारदा प्रावि, वागीश्वरी मावि, श्री आधारभूत प्रावि, गणेश मावि, महेन्द्र आधारभूत विद्यालयले ५ सय रुपैयाँ निर्धारण गरेका छन् भने शारदा आधारभूत विद्यालय, समाज सुधार मावि र समाजसेवा इन्ष्टिच्युट आधारभूत विद्यालयले दर्खास्त दस्तुर ७ सय रुपैयाँ तोकेको छ।
सो विषयमा अहिले सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रियाहरुआइरहेका छन्।