भक्तपुर, १८ माघ। जिल्ला प्रशासन कार्यालय भक्तपुरले स्थानीय तहका सेवाग्राहीहरुका लागि आलोपालो सेवा दिने भएको छ।
कोभिड १९ को नयाँ भेरियन्ट सहितको ओमिक्रोन संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले नगरपालिकाका सवाग्राहीको सेवाकोलाई पनि आलोपालो गरेको हो।
सो निर्णय आगमी बिहीबार(माघ २०) गतेबाट लागू हुने कार्यालयका प्रशासकीय अधिकृत उर्मिला खतिवडाले जानकारी दिइन्।
उनले आइतबार, मंगलबार र बिहीबार भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका तथा सोमबार, बुधबार र शुक्रबार मध्यपुरथिमि नगरपालिका र सूर्यविनायक नगरपालिकाका सेवाग्राहीलाई सेवा दिइने बताइन्।
गत माघ ५ गतेबाट स्थगित गरिएका नागरिकता, राहदानी, राष्ट्रिय परिचय पत्र, सिफारिशलगायतका नियमित सेवा अर्को सूचना जारी नभएसम्म आलोपालो नै हुने प्रशासन कार्यालयले जनाएको छ।