काठमाडौं, १७ माघ। वातावरणमैत्री निर्माण सामाग्रीको भरपर्दो नाम बनेको नेपाल इको प्यानलको झन्डा सगरमाथामा फहराइने भएको छ। प्यानलको उक्त झन्डा स्वतन्त्र हिमाल मार्गनिर्देशक (फ्रिलायन्स माउण्टेन गाइड) पासाङ काजी शेर्पा (पिके शेर्पा)ले फराउने भएका हुन्।
स्थायी तथा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने नेपाल इको प्यानलको सो निर्माण सामग्री हलुका, भूकम्पप्रतिरोधी, अग्नीप्रतिरोधकलगायतका विशेषताका कारण पछिल्लो पटक देशैभरि लोकप्रिय बनेको प्यानलको एम्बसेडर भएका उनले इको प्यानलको झन्डा सगरमाथ आरोहणका क्रममा फहराउने बताए।
प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले हिमाल आरोही पिके शेर्पालाई ब्राण्ड एम्बसेडरमा नियुक्त गरेसँगै नेपालमै बनेको नेपाल इको प्यानल वातावरणमैत्री निर्माण सामग्रीको प्रचारार्थ उक्त काम एम्बेसडर शेर्पाबाट हुन लाग्दा आफू उत्साहित भएको बताए।
वातावरणमैत्री सो निर्माण सामग्रीको प्रयोगले वातावरण जोगाउन मद्धत मिल्ने सन्देश दिन हिमाल आरोही पिके शेर्पालाई ब्राण्ड एम्बसेडरमा नियुक्त गरेको सीईओ ईन्जिनियर दुवालको भनाइ छ। साथै नेपाल इको प्यानल हिमाल, पहाड अनि तराई सवैतिर उतिकै उपयोगी भन्ने सन्देश दिन पनि हिमाल आरोही शेर्पालाई ब्राण्ड एम्बसेडरमा नियुक्त गरेको सीईओ इन्जिनियर दुवालले बताए।
पिके शेर्पाले ६ पटक सगरमाथा लगायत केटु हिमालको सफल आरोहण गरिसकेका छन् । उनी हिमाल आरोहण गर्नेहरुका लागि स्वतन्त्र गाइडको भूमिकामा छन् ।