अनकन्टार ठाउँ, मध्य रात, सिकिस्त बिरामी
ढाढस दियो, अस्पताल पुर्यायो–क्या पुलिस
जँड्याहा श्रीमान् सँधैँको मारपिट
सबक सिकायाृ/वुद्धि फिरायो – क्या पुलिस
मस्त जवान छोरी आँखा गाड्ने आवारा
बज्जियलाई पक्र्यो, थुन्यो, सदायो– क्या पुलिस
बिग्रेको छोरा, सुध्रने कुनै छाँट थिएन
सम्झायो, बुझायो, तह लगायो– क्या पुलिस
सुनसान रात, मुटु कठ्यांग्रिने जाडो
पहरा दिइरहेछ, निरन्तर खटिरहेछ– क्या पुलिस
उराठलाग्दो दिन, प्रचण्ड गर्मी
गस्ती गरिरहेछ, सास्ती सहिरहेछ–क्या पुलिस
जुलुस, बन्द, चक्काजाम–सँबै अवरुद्ध
नपुगी नहुने, पुग्नै पर्ने–गन्तव्यमा पुर्याइदियो–क्या पुलिस
साह्रो, गाह्रो, वर्षा बाढी, भूकम्प, पहिरो
तुरुन्त आयो, सहाराको हात बढायो–क्या पुलिस
उफ विडम्बना!
यता हत्या, उता आतंक, यहाँ घटना, त्यहाँ दुर्घटना
भ्याइ, नभ्याइ छ, कता जाओस्, कता नजाओस्
सबै ठाउँमा पुग्यो, एक ठाउँमा भ्याएन
ढिलो पुग्यो, टाइममा आएन–छ्या पुलिस, छ्या पुलिस।
- उपेन्द्रकान्त अर्याल
प्रहरी उपरीक्षक