BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
भक्तपुर नगरपालिका राजनीति समाचार

भक्तपुरको लागि छुट्याइएको मलको कोटा वृद्धि गर्न माग

भक्तपुर, १४ माघ। नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवाल र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको लागि छुट्याइएको मलको कोटा वृद्धि गर्न माग गरेका छन्।

कृषि मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्मासँगको भेटमा सांसद सुवाल र नगरप्रमुख प्रजापतिले सो माग गरेका हुन्। उनीहरुले किसानहरूलाई समयमै सुपथ मूल्यमा रासायनिक मल उपलब्ध गराउन पनि सरकारको ध्यानाकर्षण गराए।

सांसद सुवालले प्रदेशको सचिवस्तरीय बैठकबाट हचुवाको भरमा रासायनिक मलको कोटा वितरण गरिएको अविलम्ब पुनरावलोकन गर्न कृषि मन्त्रालयको ध्यानाकर्षण गराउनु हुँदै सरकारले नेपालमै रासायनिक मल कारखाना खोल्नुपर्नेमा जोड दिए।

भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकालाई उपलब्ध गराइएको मलको कोटा २० मे.टन अत्यन्त अपुग भएको उल्लेख गरे। एनले किसानहरुको मागअनुरुप कम्तिमा ६०० मे.टन रासायनिक मल भक्तपुर नगरपालिकालाई उपलब्ध गराउन सचिवलाई लिखित पत्रसहित सरकारको ध्यानाकर्षण गराए।

कृषि मन्त्रालयका सचिव डा. शर्माले कृषकहरुको मागबमोजिम मन्त्रालयले आवश्यक मलखाद उपलब्ध गराउन लागिपरेको जानकाश्री दिए। उनले भक्तपुरलाई आवश्यक मात्रामा रासायनिक मल उपलब्ध गराउन सहयोग गर्ने प्रतिबद्धता जनाए।

थप ख़बर

ख्याजुलाई भ्वाइस अफ अक्सफोर्डको उपाधि

भक्तपुर टाइम्स

राजर्षि गुरूकूलका कर्मालाई लिटिल प्रिन्स इन्टरनेशनल २०२२ काे उपाधि

भक्तपुर टाइम्स

‘पैसा बाँड्न’ हिँडेका एमालेका वडाध्यक्षका उम्मेवार र वडा सदस्य कटुञ्जेबाट नियन्त्रणमा

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy