भक्तपुर, १४ माघ। अन्य क्षेत्रमा जस्तै कोरोना महामारीले शैक्षिक क्षेत्रमा पनि असर गरेको छ। बालबालिकाको सिकाइ क्षमता निक्कै चिन्ताजनक रुपले खस्केको छ।
भारतको छत्तीसगढमा गरिएको एक अध्ययनले प्रारम्भिक कक्षाका वर्णमालाको अक्षर ठम्याउन नसक्ने छात्राहरुको संख्या अझ बढेको छ। अध्ययनले सन् २०१८ मा भन्दा सन् २०२१ म त्यसको प्रतिशत दोब्बर भएको देखाएको भारतीय सञ्चार माध्यमले जनाएको छ।
छत्तीसगढको शिक्षाको वार्षिक रिपोर्ट(असर) २०२१ का अनुसार कोभिड १९ सुरु हुनुभन्दा अघिको वर्ष(सन् २०१४–२०१८) मा विद्यार्थीको सिकाइ क्षमतामा केही प्रतिशतले वृद्धि भएको थियो तर देशमा कोरोना महामारी फैलिएसँगै स्कुल बन्द भएपछि त्यसको गम्भीर असर बालबालिकामा परेको छ।
प्रतिवेदनमा कक्षा दुई, तीन र चार कक्षाको प्रारम्भिक स्तर(हिन्द र अँग्रेजी वर्णमालाको अक्षर चिन्न समेत ससमर्थ) भएका बालबालिकाहरुको अनुपात सन् २०१८को तुलनामा सन् २०२१ म दोब्बर भएको छ। सन् २०१८ मा कक्षा २ का विद्यार्थीेको सिकाइ प्रतिशत १९.५ रहेकोमा अहिले बढेर ३७.६ प्रतिशत, कक्षा ३ का विद्यार्थीको सिकाइ प्रतिशत १०.४ प्रतिशतबाट २२.५ र चार कक्षाको विद्यार्थीको सिकाई प्रतिशत २.५ प्रतिशतबाट ४.८ प्रतिशत पुगेको छ।
सो अवस्था आउनुमा कोरोना महामारीमा विद्यालय बन्द रहनु नै मुख्य कारण रहेको त्यहाँका शिक्षाकर्मी र शिक्षाविद्हरुको भनाइ छ।
भारतीय सञ्चार माध्यमको सहयोगमा