BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
भक्तपुर शिक्षा समाचार समाज

शिक्षक सेवा आयोगद्वारा आचारसंहिता लागू, पदाधिकारीले आर्थिक वा भौतिक लाभ लिन नहुने

भक्तपुर, १४ माघ। शिक्षक सेवा आयोगले आचारसंहिता लागू गरेको छ।

आयोगले प्रचलित कानून बमोजिम आफ्नो कार्य सम्पादन गर्ने सिलसिलामा सुशासनको मूल्य, मान्यता र संगठनको आदर्श अनुरुप स्वतन्त्र, निष्पक्ष एवं वस्तुनिष्ठ बनाउने र विधि तथा पद्धतिमा आधारित भई योग्यता प्रणालीको संरक्षक संस्थाको रपमा कार्य गर्नु आवश्यक भएकाले आयोगका काम कारबाही तथा यसको प्रभावकारिता र विश्वसनीयतालाई अक्षुण्ण तुल्याई राख्नका लागि आचार सहिता लागू गरेको हो।

सो आचारसंहिता आयोगका पदाधिकारी, दक्ष/विज्ञहरु, आयोगको कार्यालयमा कार्यरत सबै कर्मचारी, आयोगबाट अधिकार पाएका अन्य निकायका पदाधिकारी एवं कर्मचारी र आगोगका तर्फबाट सम्पादन गरिने कार्यक्रमा आयोगले खटाएका व्यक्तिहरुमा लागू हुने छ।

आचारसंहिता अनुसार आयोगका पदाधिकारी एवं कर्मचारीहरुले आयाृगको सहमतिबिना आयोगको तर्फबाट कुनै प्रकारको अनाधिकृत प्रतिवद्धता गर्न नपाइने, गोपनीयता कायम गर्नुपर्ने छ। यसका साथै आयोगका पदाधिकारी एवं कर्मचारीे कुनै पनि उम्मेदवार वा आयोगसँग आर्थिक कारोबार गरिरहेको वा आयोगबाट सम्पादन हुने कार्यसँग सम्बन्धित वा स्वार्थ बाझिएको व्यक्ति वा संस्थाबाट कुनै दान, दातव्य, ऋण, आर्थिक वा भौतिक लाभ, चन्दा, उपहार वा कोसेली ग्रहण वा स्वीकार गर्न नहुने संहितामा उल्लेख छ।

थप ख़बर

यी हुन, चाँगुनारायणका ‘टप’ विद्यालय, कुन कतिऔंमा?

भक्तपुर टाइम्स

गोल्डेन सुनगाभा: चाँगुको सर्वोत्कृष्ट स्कुल : कुन कतिऔं स्थानमा ?

भक्तपुर टाइम्स

नगरकोट सडकको जस्तो नभई समयमै काम सकाए ठेकेदारलाई सम्मान गर्ने

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy