भक्तपुर, १३ माघ। बिहीबार भक्तपुरका ५४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार भक्तपुर नगरपालिकाका ३७ पुरुष र ३५ महिलासहित ७२, चाँगुनारायण नगरपालिकाका ४६ पुरुष र ४० महिलासहित ८६, मध्यपुरथिमि नगरपालिकाका ७३ पुरुष र ६५ महिलासहित १३८ र सूर्यविनायक नगरपालिकाका १०० पुरुष र ९० महिलासहित १९० जनामा संक्रमण पुष्टि भएको छ।
कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले २५ पुरुष र ३२ महिलासहित ५७ जनाको ठेगाना नखुलेको जानकारी दिए।