भक्तपुर, १२ माघ। राष्ट्रिय तथ्यांक विभागले देशभरको प्रारम्भिक तथ्यांक सार्वजनिक गरेको छ। आज एक भर्चुअल कार्यक्रम गरी सो तथ्यांक निकालेको हो।
विभागले भक्तपुरको पनि जनसंख्या सार्वजनिक गरेको छ। विभागले गरेको जनगणनाको प्रारम्भिक तथ्यांक अनुसार भक्तपुर नगरपालिकामा ३९ हजार १९० महिला र ३९ हजार ६६४ पुरुष गरी जम्मा ७८ हजार ८५४ जनसंख्या रहेको छ।
त्यस्तै चाँगुनारायण नगरपालिकामा ८८ हजार ६१२ जनसंख्या रहेको छ। तिनीहरुमध्ये ४४ हजार ७३ पुरुष र ४४ हजार ५ सय ३९ महिला रहेका छन्।
यो पनि हेर्नुसः https://www.bhaktapurtimes.com/2022/01/22956/
मध्यपुर थिमि नगरपालिमामा १ लाख १९ हजार ९५५ जनसंख्या रहेको छ। जसध्ये ६० हजार ९५४ पुरुष र ५९ हजार १ महिला छन्। यसैगरी सूर्यविनायक नगरपालिकामा १ लाख ३७ हजार ९७१ जनसंख्या पुगेको छ। सो सजनसंख्या मध्ये ६८ हजार ९७१ पुरुष र ६९ हजार महिला रहेका छन्।
परिवार संख्या कति?
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार भक्तपुर नगरपालिमा १८ हजार ८५४, चाँगुनारायण नगरपालिकामा २१ हजार ९४६, मध्यपुरथिमि नगरपालिकामा ३१ हजार ७६८ र सूर्यविनायक नगरपालिकामा ३५ हजार ८८५ परिवार संख्या रहेका छन्।
कति घर गणनामा परे?
प्रारम्भिक नतिजा अनुसार भक्तपुर नगरपालिमा १२ हजार २००, चाँगुनारायण नगरपालिकामा १७ हजार ३७३, मध्यपुरथिमि नगरपालिकामा १७ हजार ६३९ र सूर्यविनायक नगरपालिकामा २३ हजार ६३७ वटा घरको गणना गरिएको छ।
पुरुष कति, महिला कति?
भक्तपुरमा कूल २ लाख १७ हजार ९४२ पुरुष र २ लाख १२ हजार ४६६ महिला रहेका छन्।
भक्तपुरमा लैगिक अनुपात १०२। ५८ रहेको छ। यसैगरी यहाँ परिवारको औसात आकार ३।९७ रहेको छ भने वार्षिक जनसंख्या वृद्धिदर ३.३२ प्रतिशत रहेको छ।
भक्तपुरमा १ लाख ८ हजार ५५० परिवारसंख्या रहेको छ भने भक्तपुरका ७० हजार ९४६ घरको गणना गरेको थियो।