भक्तपुर, १२ माघ। भक्तपुरमा ४ लाख ३० हजार ४०८ जनसंख्या पुगेको छ। राष्टिय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार भक्तपुरमा सोको संख्यामा जनसंख्या पुगेको हो।
यसअघि अर्थात् १० वर्षघिको जनगणना अनुसार भक्तपुरमा ३ लाख ४ हजार ६५१ जनसंख्या रहेको छ। विभागले भक्तपुरलाई सबैभन्दा बढी जनसंख्या वृद्धिदर भएका ५ जिल्लाको पहिलो सूचीमा राखेको छ।