BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
भक्तपुर समाचार समाज सुर्यविनायक नगरपालिका

दधिकोटमा तीन महिने शिशुको निस्सासिएर मृत्यु

भक्तपुर, ९ माघ। भक्तपुरमा तीन महिने शिशुको निस्सासिएर मृत्यु भएको छ।

मृत्यु हुनेमा रामेछपको मन्थली नगरपालिकाका ३० वर्षका अभिषेक रम्तेल र उनकी २८ वर्षकी श्रीमति पसुना तामाङकी ३ महिने छोरा रहेका छन्।

उनीहरु दुई वर्षदेखि भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ४ दधिकोट गाम्चास्थित भावना थापाको जस्ताले छाएको टहरामा बस्दै आएका थिए। उनीहरु गएराति खाना खाएर आगो तापी सुतेका थिए। म्हानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार उनीहरु विहान अवेरसम्म पनि नउठेकाले स्थानीय नागरिक र प्रहरीले झ्यालबाट हेर्दा अचेत अवस्थामा फेला पारेका थिए। उनीहरुलाई उपचारका लागि मध्यपुर अस्पताल लगिएको थियो।

उनीहरुको उपचारकै क्रममा विहान साढे ८ बजे ३ महिने शिशुको मृत्यु भएको र आमा बुवादुबैको उपचार भइरहेको प्रहरीले जनाएको छ। उपचाररत दुबैको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरीक्षक राजु पाण्डले बताए।

 

थप ख़बर

रगत नपाए भक्तपुर जानु : नेपाल रेडक्रस सोसाइटी

भक्तपुर टाइम्स

बालकोटको सहकारीबाट सात लाख चोरी

भक्तपुर टाइम्स

कक्षाकोठा छिर्नुअघि . . .

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy