भक्तपुर, ९ माघ। भक्तपुरको दुवाकोटमा एक व्यक्तिले पासो लगाएर आत्महत्या गरेका छन्। चाँगुनारायण नगरपालिका वडा नंं १ दुवाकोट बेसीस्थित जस्ताको टहरामा एक व्यक्तिले आत्महत्या गरेका हुन्।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार आत्महत्या गर्नेमा सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका ३५ वर्षका मोहन बस्नेत रहेका छन्।
उनी बेसीस्थित रमेश बुढाथोकीको जस्ताको टहरामा फलामको पाइपमा नाम्लोको पासो लगाइ झुण्डिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले बताए।