BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
Bhaktapur District Map
चाँगुनारायण नगरपालिका भक्तपुर नगरपालिका मध्यपुर थिमि नगरपालिका समाचार सुर्यविनायक नगरपालिका स्वास्थ्य

‘लकडाउन’ नगर्दा उकालो लाग्दै भक्तपुरमा कोराना ग्राफ

भक्तपुर, ८ माघ। भक्तपुरको कोभिड १९ को संक्रमण दिनानुदिन बढ्दो छ। यसले कोरोना संक्रमणको ग्राफ उकालो लागेको छ।
शुक्रबारमात्र जिल्लाभर ६२७ जनामा कोरोना पोजेटिभ देखिएको थियो भने बिहीबार ५६४ जनामा। यसैगरी बुधबार २१८ जनामा, मंगलबार ३२८, सोमबार १७६, आइतबार ३११ ज्नामा कोरोना संक्रमण भएको थियो। यस हिसाबले हप्ता दिनमै कोरोनाको ग्राफ उकालो लागेको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ।

यसरी कोरोना संक्रमण बढ्नुमा नाम मात्रको लकडाउन बढी जिम्मेवार रहेको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले बताए। ‘दिनानुदिन कोरोना संक्रमितको संख्या बढिरहेका छन्’, उनले भने, ‘स्थानीय सरकारमात्र हैन, संघीय सरकार पनि लकडाउन गर्न हिच्किच्याइरहेको छ।’

उनले जिल्ला प्रशासन कार्यालय भक्तपुरले जारी गरेको आदेश पनि प्रभावकारी नहुँदा कोरोना संक्रमितको संख्या बढिरहेको बताए। ‘यो आदेशको पालना धेरैबाट भएको छैैैन, यसले खतराको संकेत गरिरहेको छ’, उनले भने, ‘कम्तिमा लकडाउन गरेको भए यसलाई नियन्त्रणमा ल्याउन सकिन्थ्यो, यसैले लकडाउन अत्यावश्यक भइसक्यो।’

भक्तपुर डट कमले तयार गरेको कोरोनाको पछिल्लो तथ्यांक

भक्तपुरमा कोरोना संक्रमण तीब्र रुपमा फैलिनुमा सर्वसाधारणबाट भइरहेको लापरबाही पनि जिम्मेवार रहेको भक्तपुर अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. सुमित्रा गौतम बताउँछिन्। उनले अहिले पनि धेरै जमात मास्क नलगाइ हिँड्ने, भीडमा जाने, चियापसलहरुमा घन्टौं बस्ने गरेको पाइएको बताइन्।

‘प्रशासनको आदेश समेत पालना नगर्ने जमात बढ्दो छ, हेलचक्र्याइँ गर्नेहरु बढिरहेका छन्, यसले पनि संख्या बढेका हुन्’, उनले भने, ‘यसलाई नियन्त्रणका लागि कडा अनुगमनका साथै आत्म अनुशासनको जरुरी छ।’ उनले कोरोना संक्रमितको संख्या बढे पनि अस्पताल आउने र भर्ना हुनेको संख्या भने पहिला भन्दा कम रहेको जानकारी दिइन्। एनले अहिले कोभिड डेडिकेटेड अस्पतालको रुपमा रहेको भक्तपुर अस्पतालमा कोरोनाका १५ जना बिरामी उपचाररत रहेको बताइन्।

थप ख़बर

नेपाल इन्जिनियरिङ कलेजमा पाँचदिने तालिम सुरु

भक्तपुर टाइम्स

सरकारी जग्गा बैना गरी ठगी गर्ने भक्तपुरका गाँइजू र अधिकारी पक्राउ

भक्तपुर टाइम्स

शिक्षकले पाउँदै आएको बिदा कटौती गर्नुपर्छ : गिरी

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy