भक्तपुर, ७ माघ। जग्गा दलालहरुले जनप्रतिनीधिहरुलाई प्रभावमा पारेर भक्तपुरका विभिन्न ठाउँमा जग्गा प्लानिङ गर्ने क्रम बढ्दो छ। कतिपय ठाउँमा जनप्रतिनीधिकै मिलेमतो र अदृष्य लगानीमा जग्गा सम्याउने काम भइरहेको छ। घरघडेरीका लागि जग्गा खार्ने नाममा वडा कार्यालयबाट अनुमति लगेकै भरमा जग्गा सम्याउने गरिएको पाइएको छ।
स्थानीयहरुका अनुसार प्रत्येक वडामा दर्जन बढी ठाउँमा जग्गा प्लानिङ गर्ने क्रम बढ्दो छ। यस्तो अवस्था हुँदा पनि जनप्रतिनिधिहरु भने देखेको नदेखेझैं गरिरहेका छन्, जनताको गुनासो सुन्न उनीहरु तयार नभएको अवस्था बनेको छ।
जग्गा व्यवसायीहरुले स्थानीय केही व्यक्तिलाई आर्थिक प्रभावमा पारेर गर्न थालेको जग्ग प्लानिङले भक्तपुर कुरुप बन्दै गइरहेको छ। डाडाँहरुमा डोजरका नंग्राले नराम्ररी चिथरिएका छन्। स्थानीय भने त्यो रमिता हेर्न बाध्य छन्।
यही सन्दर्भमा काठमाडौं उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय भक्तपुरले जिल्लाका तीन नगरपालिकामा भइरहेका जग्गा प्लानिङको अनुगमन गरेको छ। अनुगमनको क्रममा कार्यालयले निम्न ठाउँमा अबैध रुपमा जग्गा प्लानिङ गरिरहेको जनाएको छ।
यस्तो छ विवरणः
भक्तपुर टाइम्स
Bhaktapur Times Pvt. Ltd.
Bhaktapur’s Leading News Portal
Bhaktapur Times Dot Com
24/7 News From Bhaktapur
#BHAKTAPUNEWS
सञ्चार रजिस्ट्रारकाे कार्यालय, बागमती
दर्ता नंः ०००९६ /२०७८/०७९
चाँगुनारायण नगरपालिका,ताथली ,भक्तपुर
+977-9841566556
bhaktapurtimes@gmail.com
info@bhaktapurtimes.com
विज्ञापनका लागि
+977-9841566556