भक्तपुर , ५ माघ। भक्तपुर चित्तपाेलका करूण ब्यान्जु सिटामाेलका लागि भनी भक्तपुरका सबै फार्मेसी चहारे। चहार्दा चहार्दै उनले आधा दिन बिताए । तर, उनले सिटामाेल पाउन सकेनन् ।
घरमा आमालाई ज्वराे आएकाे कारण सिटामाेल खाेज्न हिँडेका उनले अन्तिममा हार माने, सिटामाेल पाउन सकेनन् । चिनेजानेका धरेैलाई सिटामाेल कहीँ पाइन्छ कि भनी साेधीखाेजी गर्न अनुराेध गरे ।
चिनेकाले पनि सिटामाेल त हैन, सिटामाेलजस्तै अरू नै औषधि भने छ भनेपछि उनले सिटामाेलकाे सट्टा अरू नै औषधि किने ।
करूणमात्र हन, अहिले धेरैले सिटामाेल पाएका छैनन्। कोभिडको महामारीमा सर्वसाधरणले प्रयोग गर्ने सिटामोल बजारमा अभाव भएकाे कारण धेरैले सिटामाेल समेत पाएका छैनन् ।
निजी फार्मेसीमा मात्र नभई सरकारी अस्पतालका फार्मेसी र हेल्थपाेष्टमा समेत सिटामाेल नपाईएकाे अवस्था छ ।
`अहिले सिटामाेल समेथरत नपाएकाे अवस्था छ, हेल्थपाेष्टमा समेत सिटामाेल छैन´ , चाँगुनारायण नपा वडा नं ८ का वडाध्यक्ष परासर सापकोटाले भने, ` औषधि उत्पादककाे के कुरा मिलेन, यसकाे असर सर्वसाधारणले पाइरहेका छन् ।´
उनले स्वास्थ्यचाैकी आउनेहरूलाई सिटामाेल समेत दिन नसकिएकाे बताए। भक्तपुरका अधिकांश फार्मेसीमा अहिले सिटामोल पाउन मुस्किल छ । अहिले सिटामोल माग्न आउनेलाई फार्मेसीले वैकल्पिक औषधि दिएर पठाउने गरेका छन् । यसले बिरामीले महँगो मूल्य तिर्नुपर्ने र जे चाहिने हो त्योभन्दा फरक औषधि सेवन गर्नुपर्ने बाध्यता छ ।
जानकारहरूका अनुसार सिमित व्यापारीहरुको सिन्डिकेटको कारणले बजारमा सिटामोलको अभाव भएकाे हाे। उनीहरू सिटामाेलकाे मुल्यबृद्घि गराउनका लागि अत्यावश्यक मानिएकाे सिटामाेललगायतका औषधी लुकाइरहेका छन् ।
यसरी व्यापारीहरूले सिटामाेलकाे कृत्रिम अभाव गर्दा पनि अनुगमन गर्ने निकाय भने माैन छ।
previous post
भक्तपुर टाइम्स
Bhaktapur Times Pvt. Ltd.
Bhaktapur’s Leading News Portal
Bhaktapur Times Dot Com
24/7 News From Bhaktapur
#BHAKTAPUNEWS
सञ्चार रजिस्ट्रारकाे कार्यालय, बागमती
दर्ता नंः ०००९६ /२०७८/०७९
चाँगुनारायण नगरपालिका,ताथली ,भक्तपुर
+977-9841566556
bhaktapurtimes@gmail.com
info@bhaktapurtimes.com
विज्ञापनका लागि
+977-9841566556